जे० पी० टी० ओ० मंग्पू शाखाको सभा (J.P.T.O. Mungpoo)

Mungpoo/मंग्पू/केशर मोक्तान : आज जे० पी० टी० ओ० मंग्पू शाखाको सभा स्थानीय गान्धी प्राथमिक पाठशाला भवनमा सम्पन्न भयो | सभामा जे० पी० टी० ओ० शाखा सचिव किशोर थापाले सबैलाई स्वागत जनाउदै पुर्व सभाको प्रस्तावहरु पठन गरेर सुनाए | केन्द्रिय सचिव सुदेश थापाले सभालाई सम्बोधन गर्दै पाठशालामा रहेको विविध समस्याहरुलाई लिएर एक ज्ञापन चडाउदै चाडै नै खर्सांगका विधायक डा० रोहित शर्मालाई भेट्ने कुरो जनाए | सबै पाठशालाका शिक्षक- शिक्षिकाहरुको आ- आफ्नो पाठशालाको समस्याहरु माथि त्यसै दिन विधायक महोदयलाई राख्न पर्ने उनले जानकारी गराए | सभाको अर्को विषयमा केन्द्रिय समितिका सचिव गीता देवी भारतीले केन्द्रिय समितिका सभाको पारित प्रस्तावहरु सभामा पठन गरे अनि सभामा भी० आर० एस० को बारेमा के कस्तो प्रकारले पत्रचार चडाउन पर्ने भन्ने विषय माथि पनि स्पष्ट रुपमा जानकारी गराए | एस० एस० एम० खेलले प्रत्येक पाठशालामा एउटा ग्यास कनेक्सन पनि दिने अनि त्यसको निम्ति एउटा फर्म भरेर बुजाउन पर्ने पनि उनले अव्गात गराए | अर्को एन० आर० टी० को पुस्तक कक्षा एक देखि चौथो कक्षासम्म नै पाठशालामा चलाउने अनि पाठशालाको प्रत्येक कक्षाको विधार्थीको संख्या बोर्डमा बजाउने जानकारी दिए | एन० सी० आर० टी० मार्फत एउटा मोडल स्कूल पनि बनिने हुनाले यसको निम्ति मंग्पू  विभागीय प्राथमिक पाठशालालाई चयन गरियो | यो पाठशाला आगमी दिनहरुमा बनिए यसको निम्ति मंग्पू  प्राथमिक पाठशालामा ठाउँ रहेको पनि सचिवाले बताए | सभाको अर्को विषयमा सदश्य शुल्क सबै जनाले समय मै बुझाउने अनुरोध गरे | 
Read latest post filed under mungpoo news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.