१९७४ सालमा निर्मित गान्धी प्रा० पाठशाला पनि भुइँचालोको प्रभावमा

मंग्पू/२२ सेप्टेम्बर: आइतबारको ६.८ रेक्टर स्केल भुइँचालोको चपेटमा परेको कारण १९७४ सालमा निर्मित मंग्पूको रेशेप बजारमा स्थित गान्धी प्रा० पाठशाला पनि क्षतिग्रस्त बनेको छ | पाठशालाको थुप्रै ठाउँहरुमा चर्किएकोले पद्ने छात्र - छात्रा लाई कुनै पनि समय दुर्घटना हुन सक्ने सम्भावना रहेको छ | शिक्षा नै नानीहरुको भविष्य निर्माणको खुड्किलो हो भन्ने मन्त्रलाई अघि राखेर वर्ष १९७४ सालमा निर्मित यस पाठशालाले  आज पर्यांत साथै विध्यार्थीवर्गलाई सुमार्ग देखाएको उदाहरण धेरै छ | यस पाठशालाले २००३ - ०४ मा एकपल्ट मात्र कम रकमको मर्मति कोष प्राप्त गरेको थियो | धेरै पुरानो यस पाठशाला भवन विध्यार्थी भएर पनि आज सम्म शिक्षा विभागको दृष्टि नपरेकोमा शिक्षक- शिक्षिका लगायत अभिभावक एकदमै दुखित बनेको छ | कुनै पनि समय दुर्घटना हुन सक्ने पाठशालाको खम्बा, रड सबै चर्किएको छ | पाठशालाको यस्तो अवस्था बारे सम्बन्धित विभागलाई धेरै चोटी पत्रचार गरिसक्दा पनि अझ सम्म उचित कार्य प्रणाली भने भनेको जस्तो नभएको शिक्षक सुदेश थापाले जानकारी दिएका छन् | यसर्थ उक्त गान्धी प्राथमिक पाठशाला भोलिका दिन केही अप्रिय घटना घटे जिम्मेवारी कसले लिने ? प्रश्न चिन्ह खडा भएको छ | पाठशालाको मर्मति सम्बन्धमा विभागले झट्टै ध्यान दिन आवश्यक देखिएको छ |
Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.