टिस्टा त्रिवेणी रोड आज देखि खोलियो

हाईवे/२२ सेप्टेम्बर : आइतबारको प्रलयकारी भुइँचालोले दागोपाप द्वारा निर्मित टिस्टा त्रिवेणी रोडको अवस्था एकदमै जीर्ण भएको थियो भने माथिबाट ढुंगा झरेर थुप्रै ठाउँमा थुप्रिएको कारण सम्पूर्ण सडक नै बन्द रहेको थियो | रोड भत्किएको कारण त्रिवेणीमा अवस्थित जी० एल० पी० क्याम्पका जी० एल० पी० युवाहरुले खाद्य सामग्री सम्म ल्याउन सकेका थिएनन| आज सडक बन्द भएको पाँच दिन पछि गोजमुमो हाइवे ब्लक कमिटिको देखरेखमा दार्जीलिंगबाट ल्याइएको जे० सी० बी० द्वारा सडक सफाई गरि दिउसो २ बजे देखि टिस्टा त्रिवेणी रोड खुल्ला भएको जानकारी गोजमुमो हाइवे ब्लक कमिटिका नर्बु लामाले दिएका छन् | यसरी दुखको समयमा साथ दिएर एन० एच० पी० सी० का महा प्रबन्धकले सडक सफाई गर्न जे० सी० बी० को प्रयोग गर्न दिएकोमा मोर्चा हाइवे ब्लक कमिटिले एन० एच० पी० सी० का अधिकारीवर्गलाई आभार प्रकट गरेका छन् |
Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.