कालेबुङ ८ सितम्बर ; डी.के वाइबा ।
गत जुलाई महिना देखि वेतन नपाएका कालेबुङ क्लुनी महाविद्यालयका शिक्षण अनि अशिक्षण कर्मचारीवर्गले आजदेखि पेन डाउन हड्ताल शुरु गऱ्यो । उनीहरुले जुलाई महिना देखि अझसम्म वेतन नपाएको खुलासा भएको छ । उक्त समस्याको मुख्य जड कोलकताको हाईकोटबाट नियुक्ती पाएका सिस्टर पुष्प माईकल रहेको महाविद्यालयका कर्मचारीवर्गले आरोप लगाए । सिस्टर माईकलले हाईकोर्टबाट सञ्चालन समिति
अनि संयुक्त चेक हस्ताक्षरको रुपमा नियुक्ती पाएकी छन् । उनले नियुक्ति पाएपछि महाविद्यालयका कमर्चारी वर्गले वेतन पाएका छैनन् । जसको फलस्वरुप आजदेखि अनिश्चितकालीन पेन डाउन हड्ताल शुरु भएको छ । चेक हस्ताक्षरकारी सिस्टरकै अनुपस्थिकै कारण आजसम्म कर्मचारीवर्गले वेतन पाउँन सकिरहेका छैनन् । उनको अनुपस्थिले महाविद्यालयमा धेरै बाधा उत्पन्न भएको पनि कर्मचारीवर्गले
आरोप लगाएको छ । सिस्टर माईकलको लापारवाहीले गर्दा पहिलो वर्षमा अध्ययनरत विद्यार्थीवर्गको पञ्जिकरण खर्च ३७ हजार रुपीयाँ पनि महाविद्यालयका कर्मचारीवर्गको गोजिबाट गएको बताए । १ सितम्बर सम्ममा विद्यार्थीहरुको उत्तर बंगाल विश्वविद्यालयमा पञ्जिकरण गरिनु पर्ने भएता पनि सिस्टरले चेकमा हस्ताक्षर नगरेपछि कर्मचारीवर्गले आफ्नो गोजिबाट पैसा तिरेको पनि उनीहरुले बताए
। सिस्टर माईकल विद्यार्थीहरुको भविष्यप्रति गम्भीर नभएर उल्टो खेलाईचीँ गरिरहेको पनि कर्मचारीवर्गले आरोप लगाए । यी समस्याहरु समाधान नभए सम्म कर्मचारीवगले आफ्नो हड्ताल जारी राख्ने भएको छ । हाईकोर्टबाट नियुक्ती पाएका सिस्टरले महाविद्यालको कार्यमा बाधा पुऱ्याउँन नपाउने निर्देश भएता पनि उनले उक्त निर्देशको उल्लंघण गरेको पनि कर्मचारीवर्गको आरोप छ ।
महाविद्यालयको कार्यमा बाधा उत्पन्न भएकै कारण उनलाई सञ्चालन समितिबाट निस्कासित गर्न पर्ने पनि उनीहरुले माग गरेको छ । उक्त बिषयहरुमा जानकारी दिंदै महाविद्यालयको प्राचार्य डा.आर बी भुजेलले सिस्टर माईकल पूर्व सूचना बिनै बाहिर गएको बताए । हाल महाविद्यालयमा कार्यरत २ जना कर्मचारीको पिता सिकिस्त अवस्था हुँदा पनि उनीहरुलाई महाविद्यालयले वेतन दिन नसकेको बताए ।
एकातिर दशैँको मुख छ भने अर्कोतिर वेतन नपाएर कर्मचारीवर्ग समस्याको चेपारोमा चेप्टिएका छन् । यतिमात्र नभएर शिक्षक शिक्षिकाहरुले महिनाको शुरुमै वेतन पाउनु पर्ने बंगालका मुख्यमन्त्री ममता बेनर्जीले घोषणा पनि अगावै गरिसकेका छन् भनै महाविद्यालयका शिक्षक शिक्षिकाले भने वेतन नपाउनु लापारवाही देखिएको छ । जसको निवाकरण गर्न कर्मचारी वर्ग पेन डाउन हड्ताल गर्न बाध्य
बनेको छ । सोहि बिषयलाई लिएर आज आपत्कालिन बैठक सञ्चालन समितिको बसेर त्यसबाट निस्केको निष्कर्षका प्रतिलिपि हाईकोर्टमा पठाउँने पनि डा भुजेलले पत्रकारहरुलाई अवगत गराए ।
Post a Comment
We love to hear from you! What's on your mind?