दार्जीलिङ पहाडमा १८ वर्षदेखि रेल्वे टिकट बुकिङ सेन्टर एउटै व्याक्तिले चलाउँदा तारा सुन्दासको आपत्ती

डी के वाइबा; कालेबुङ २४ नोभेम्बर ;
दार्जीलिङ पहाडमा बिगत १८ वर्षदेखि रेल्वे टिकट बुकिङ सेन्टर एउटै व्याक्तिले चलाउँदै आएको कुरामा माकापा नेता तारा सुनदासले आपत्ती जनाएको छ। रेल्वेको नियम अनुरुप प्रत्येक तीन वर्षमा उक्त बुकिङ सेन्टरको निम्ति टेण्डर गरिन्छ अनि नयाँ व्याक्तिलाई काम दिइन्छ। तर यता पहाडमा भने बिगत १८ वर्षदेखि एकै व्यक्तिले कसरी चलाई रहेका छन् भन्ने कुरामा रेल्वे बोर्ड पनि चकित बनेको कुरा आरटाआईले खुलासा गरेको छ। माकपा नेता तारा सुन्दासले उक्त बिषयमा आरटीआई मार्फत जानकारी मागेपछि यो कुराको खुलासा भएको पनि तिनले आज पत्रकारहरुलाई जनाए। सुन्दासले यो कसरी भयो भन्ने प्रस्न गर्दै अब यथाशिघ्र नियम अनुरुप काम हुन पर्ने पनि माग गरे। तिनले कालेबुङमा ८ जुन १९९३ देखि सुरेन्द्र कुमार पारिकले रेल्वे टिकट बुकिङ चलाईरहेको बताउँदै यहाँ नियमको अवहेलना भएको पनि जनाए। यस दिसामा बिभागले यथाशिघ्र पहल गरेर अबोप्रान्त दार्जीलिङ पहाडमा गोर्खाल्याण्ड आन्दोलनमा शहिद हुनेहरु क्रमैले निता खवास, बिमला राई, बिक्की लामा अनि प्रमिला शर्माको परिवारलाई दिनुपर्ने पनि माग गरे। यस दिसामा बिभागले नयाँ टेण्डर गरेर नयाँ मानिसलाई काम दिनु भन्दा अघि सोहि ब्याक्तिलाई तीन महिनाको निम्ति बडोत्तरी गरिदिएको अनि हाल उक्त तीन महिनाको समय पनि सकिएको कारण अब के हुने हो भन्दै यस दिसामा शहिद परिवारलाई रोजगारको अवसर दिनुपर्ने माकपा पार्टीको माग रहेको पनि बताए। माकपा पार्टीले उक्त माग गरेतापनि दार्जीलिङ कङग्रेस पार्टीका अध्यक्ष के बी छेत्रीले भने रेल्वे बोर्डलाई पत्रचार गरेर पुन: पहिले देखिनै चलाउँदै आईरहेका मानिसहरुलाई नै दिनु पर्छ भन्ने माग गरेको पनि आरटीआईबाट नै खुलासा भएको पनि सुन्दासले जनाउँदै यसो हुनमा घोटालाको संकेत रहेको जनाए। उक्त कार्य सोहि ब्याक्तिलाई दिंदा अन्य मानिसहरुलाई अन्याय हुन्छ भनेर रेल्वे बोर्डले दिएको पत्रमा स्पष्ट लेखिएको देखाउँदै माकपा पार्टीले कुनै ब्यक्ति बिशेषलाई काखी च्याप्ने कार्य नगरेर गरिब मानिसहरुको पक्षमा बोल्ने गरेको पनि तिनले जनाए। यस बिषयमा आज रेल्वे मन्त्री दिने त्रीवेदी अनि रेल्वे राज्य मन्त्रीलाई पनि पत्रचार गरेर शहिद परिवारका मानिसहरुलाई दिनु पर्छ भन्ने माग गरेको पनि सुन्दासले थप जनाए।
Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.