अब मंग्पूदेखि गोर्खाल्याण्डको आन्दोलन चर्किने - उतर प्रदेशलाई चार टुक्रा पार्दा हुन्छ भने बंगाल किन हुदैन ?

मंग्पू/ केशर मोक्तान : यु० पी० विधान सभामा राज्य विभाजन गरेर नयाँ चारवटा राज्य बनाउने प्रस्ताव पारित गरिएपछि यता गोर्खाल्याण्डको आन्दोलन फेरि चर्किने सम्भावना बढेर गएको छ | युवा मोर्चा केन्द्रिय समितिले आगमी १८  दिसम्बरको दिन मंग्पूमा जनसमावेश गरेर छुट्टै राज्य गोर्खाल्याण्ड प्राप्तिको निम्ति आन्दोलन शुरु गर्ने घोषणा गरिसकेको छ भने आज मंग्पूमा पत्रकार सम्मेलन डाकेर मंग्पू लाठ पन्चर जोन युवा मोर्चा केन्द्रिय समितिको निर्णयलाई स्वागत जनाउदै अलग राज्य गोर्खाल्याण्डको आन्दोलन अघि बढाउने भएको छ | देशमा स- साना राज्य गठनको निम्ति राज्य पुनर्गठन आयोगको गठन हुन्छ भने सर्वप्रथम अलग राज्य गोर्खाल्याण्ड गठन हुनपर्छ किन भने गोर्खाल्याण्ड राज्यको माग १०५ वर्ष पुरानो हो भनि पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै युवा मोर्चा केन्द्रिय समिति सदश्य उर्गेन शेर्पाले बताए | उनले पहाड तराइ डुवर्स क्षेत्र भरिमा मंग्पू  सेन्टरमा रहेको कारण नै युवा मोर्चा केन्द्रिय समितिले १८ दिसम्बरको दिन गोर्खाल्याण्ड प्राप्तिको निम्ति मंग्पूमा जनसमावेश गर्ने तथा तथा उक्त जनसभा मंग्पू सरस्वाती कन्या विधालय मैदानमा सम्पन्न हुने जानकारी गराए | आज मंग्पू लाठ पन्चर युवा मोर्चाले प्रेस बिज्ञाप्ती जारी गर्दै केन्द्रिय समिति गोर्खा जनमुक्ति युवा मोर्चाले २२ दिसम्बर को दिन सभामा लिएको गोर्खाल्याण्ड आन्दोलन पुन: बुलन्द  राख्दै अघि बढाउने प्रस्तावलाई मंग्पू लाठ पन्चर युवा मोर्चाले पूर्ण समर्थन जनाउदै समष्टि भित्रका सम्पूर्ण जोन शाखा - प्रशाखा युवा मोर्चा प्रतिनिधि साथै सम्पूर्ण युवावर्गलाई तयारी बसिदिने मंग्पू लाठ पन्चर युवा मोर्चा अध्यक्ष शेखर थापा अनि मूल सचिव सुजम छेत्रीले आह्वान गरेका छन् | मंग्पू जोन युवा मोर्चा अध्यक्ष दयानन्द राईले गोर्खाल्याण्डको निम्ति राज्य सरकार अनि केन्द्र सरकार संग कुनै कुरोमा सम्झौता युवा मोर्चा नमान्ने बताएको छ | मंग्पू जोन युवा मोर्चा सचिव प्रदीप छेत्रीले उत्तर प्रदेशलाई चार टुक्रा पार्दा हुन्छ भने बंगालबाट टुक्राएर गोर्खाल्याण्ड गठन गर्दा के हुन्छ  भनी सरकार समक्ष प्रश्न राखेका छन् | मंग्पू  अधिनस्त रेशेप शाखा युवा मोर्चा अध्यक्ष बिकाश गुरुंगले केन्द्रिय समिति युवा मोर्चा द्वारा गोर्खाल्याण्ड आन्दोलनलाई अघि बढाउने प्रस्तावलाई सिरोपर गर्दै समस्त शाखाका युवा मोर्चा गोर्खाल्याण्डको निम्ति समर्पित रहने जानकारी दिदै आगमी १२ दिसम्बरमा हुने जनसभामा केन्द्रिय समिति युवा मोर्चाको हात बलियो पार्न अग्रसर रहने बताए |
केन्द्रिय समिति सदश्य युवा मोर्चा उर्गेन शेर्पाले सम्पूर्ण मंग्पू  लाठपन्चर युवा मोर्चा प्रतिनिधि साथै सम्पूर्ण गोर्खाल्याण्ड क्षेत्रका युवा मोर्चा प्रतिनिधिहरुलाई तयारी भएर गोर्खाल्याण्ड आन्दोलनको निम्ति होमिने आह्वान गरे | यसरी समस्त मंग्पू लाठ पन्चर जोन शाखा प्रशाखा लाई आगमी २७ नोभेम्बर को दिन बिहान १० बजे स्थानीय सन राइज नर्सरी स्कूलमा उपस्थित भइदिने मंग्पू युवा मोर्चाले आह्वान गरेको छ |
Read latest post filed under mungpoo news, political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.