मंग्पू /केशर मोक्तान : विश्व कवि रविन्द्रनाथ ठाकुरले बास गरेको भूमि एवम पहाड कै दोश्रो बृहतम उद्योग सिन्कोना रहेको ठाउँ मंग्पूमा अब राज्य सरकार द्वारा चाडै नै पर्यटन स्थल बनाउने योजना रहेको छ | मंग्पू सिन्कोना बगानको ५.५ ऐकर जमीनमा सरकारले पर्यटन स्थल बनाउने तरखरमा रहेको जान्नमा आएको छ | मंग्पू सिन्कोना बगानको जिरो पोइन्टमा साना - साना कटेज बनाएर पर्यटन स्थल शुरु गर्ने सरकारको योजना रहेको सिन्कोना बगान अधिकारी द्वारा थाहा लागेको छ | बिशेष सुत्रबाट थाहा लागे अनुसार सरकारले यहाँको रविन्द्र संग्रहलय नजिक अझै एउटा विश्व कविको नाउँमा भवन निर्माण गर्ने भएको छ भने एकपल्ट विश्वकविले बास गरेको मंग्पू स्थित सिरेल ( सुरेल) बंगलोलाइ पनि चाडै नै पुन: निर्माण गर्ने जमर्को कसेको थाहा लागेको छ | मंग्पू देखि ३ कि० मी० माथि अवस्थित उक्त सिरेल बंगलोलाई केही असामाजिक तत्वहरुले ८६ सालको गोर्खाल्याण्डको आन्दोलनमा आगो लगाएर नष्ट पारेको कारण अहिले त्यस ठाउँमा खण्डहर मात्र रहेको छ | स्मरण रहोस - त्यस सिरेल बंगलोमा ६० को दशकमा थुप्रै हिन्दी फिल्मको पनि सुटिंग गरिएको थियो भने हिन्दी फिल्मी जगतमा प्रख्यात अभिनेता अमिताब बच्चनले पनि यस ठाउँमा चलचित्रको सुटिंग गरेका थिए | उक्त सिरेल बंगलोको पुरानो खण्डहर ऐतिहासिक रहेको कारण त्यसलाई जस्ताको तस्तै राखेर त्यसको नजिकमा सरकारले नयाँ भवन निर्माण गर्ने योजना रहेको छ | केही महिना अघि मंग्पू आएका राज्यका मुख्यमन्त्री ममता ब्यनर्जीले मंग्पूमा एउटा नेपाली एकाडेमी खोल्ने बचन दिएका थिईन भने उक्त नेपाली एकाडेमी भवन पनि चाडै नै निर्माण गरिने कुरा सरकारी अधिकारी पक्षबाट थाहा लागेको छ | मंग्पूमा सरकारले चाडै नै पर्यटन स्थलहरु निर्माण गरिने भएकोमा स्थानीय बासिन्दाहरु खुशी भएका छन् | तथापि पर्यटन क्षेत्र संग संगै यहाँको गाँस र बाससंग जडित मंग्पूको धेरै वर्ष देखि बन्द रहेको मंग्पू कुइलेंन कारखाना पनि सरकारले झट्टै खोलिदिनु पर्छ भनी सिन्कोनाबासीको माग रहेको छ | मंग्पूमा पर्यटन स्थल निर्माण गर्ने प्रसशतै ठाउँ रहेकोले यस ठाउँमा पर्यटन स्थल शुरु गरे आगमी दिनहरुमा यहाँ पर्यटन उद्योग फ्रास्ताएर जाने अनि व्यापार वाणिज्य पनि बढेर जाने स्थानीय मानिसहरुको भनाई छ |
मंग्पूमा पर्यटन स्थल निर्माण गर्न हेतु दार्जीलिंग जिल्लापालको आदेशमा केही दिन अघि आर्किटेक साथै इन्जिनियरहरुले मंग्पू भ्रमण गरिसकेका छन् |
Post a Comment
We love to hear from you! What's on your mind?