मंग्पू: अझै पुराना गीतहरुको खोजीमा मंग्पू सांगीतिक कला एकाई लागि परिरहेका छन् | युगले मागेको रिमिक्स र फ्युजनको विरोधमा पटक्कै होइन,यो त हाम्रो जोगाउने - संरक्षण गर्ने मेलो मात्र हो भन्छन् - एकाईका महा सचिव | ६० कै दशकको गीतहरु बटुलेर श्रोता समक्ष पस्किने धृष्टता मात्र होइन नवदीत कलाकारहरुलाई पनि मन्च तयार पारिदिने विचारले एकाइको गठन गरिएको कुरा वरिष्ठ गायक तथा अध्यक्ष राजेन आलेले बताएका छन् | ३ चोटी मात्र कार्यक्रम गर्न सफल बनेका एकाईका कलाकारहरु मंग्पू क्षेत्र भरि कै रहेका छन् |
संगीत बाहेक विविध विषयलाई समेटेर कार्यक्रम सम्पन्न गर्ने एकाईले प्राय: बिलुप्त हुदै गएका संगीत पारखीहरुलाई पनि झकझकाउने प्रयाश जारी राखेका छन् |एकाईका संस्थापक तथा महा सचिव मनोज एकलकाटेले बताए अनुसार एकाइमा अझ धेरै अपुगहरु छन् | विज्ञजनको सल्लाह अनि सुझाउको अपेक्षा
गरिरहेका छौ | भविष्यमा एकाईले प्रतिष्ठित कलाकारहरु जन्माउने छन् भन्ने आँट कसेका छौ | एकाईलाई हरेक पक्षबाट सहयोग पुग्न सके चाडै नै सार्थक रुप लिन सक्ने थियो | तथापि एकाईलाई सबैले सकारात्मक दृष्टिकोणबाट हेरिदिनु पर्छ | सबै कलाकारहरुलाई एउटै मन्चमा उतार्ने विचार धाराबाट एकाइको जन्म भयो | पलेटी ढाँचामा सम्पन्न गरिने कार्यक्रम भएकोले ४० वसन्त पार गरिसकेका देखि कान सुनुन्जेलसम्मका
वृद- वृदालाई कर्णप्रिय लाग्ने गर्दछ | गाउँ - बस्तिमा लुकेर बसेका कलाकारहरुको निम्ति एउटा खुल्ला मन्च हो एकाई यसो पनि भन्छन् एकाईका उपाध्यक्ष पदम बराइली |

Post a Comment
We love to hear from you! What's on your mind?