कालेबुंग/डी० के० वाईबा: दार्जीलिंग राजनैतिक परिस्थितिलाई खुबै गहन तरिकाले अध्ययान गरिरहेका जीएलओ प्रमुख छत्रे सुब्बाले छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलन अघि बढाउन नयाँ राजनैतिक पार्टीको गठन गर्ने कुरो केही दिन अघि देखि चर्चामा आएको थियो | नयाँ पार्टीको गठन गर्ने कुरा चर्चामा आएपछि दार्जीलिंगको राजनैतिक मोड कस्तो हुने हो भन्ने विषयमा विभिन्न अड्कलबाजी शुरु भएको थियो | यस्तोमा सुब्बाले आफ्नो मौनता तोडेर सबै अड्कलबाजी समाप्त गरिदिएको छ | आज पत्रकारहरुसित कुराकानी गर्दै छत्रे सुब्बाले नयाँ राजनैतिक पार्टी खोलेर आन्दोलन शुरु गर्ने हालैमा सोच नबनाएको स्पस्ट परेका छन् | यधपि वर्तमान राजनैतिक परिस्थितिलाई भने नजिक बाटै अध्ययान गरेको बताए | सुब्बाले छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनलाई अघि बढाउन आफुलाई पुन: राजनीतिमा उत्रनुको निम्ति कसैले भन्न नआएको जनाएका छन् | तिनले कसैले आन्दोलन गर्छु भनेर भन्दैमा नहुने बताउदै आन्दोलन हात र मुखले मात्र नहुने बताउदै अहिले सबै जनताहरु गोर्खाल्याण्डको मुद्दा बिर्सेर पैसाको पछि मात्र कुदिरहेको बताएका छन् | राज्य प्राप्तिको निम्ति आफुले आन्दोलन गर्दा कुनै दिन पैसामा नाभुलिएको अनि आगमी दिनमा पनि पैसाको पछि नाकुदने स्पस्ट पर्दै यदी आन्दोलनकारीहरु पैसामा भुलिन्छन् भने आन्दोलन नगर्दा हुन्छ भनी बताए | छुट्टै राज्यको आन्दोलनलाइ अघि बढाउन जनताले आफुलाई चाहन्छ भने अनि सम्पूर्ण जनताहरु एकबद्ध भएर अघि आए नेतृत्व दिनलाई तयार रहेको पनि स्पष्ट पारे | हालमा कुनै राजनैतिक पार्टी गठन गर्ने प्रक्रियामा आफु नरहेको बताएपनि भविष्यमा सक्रिय राजनीतिमा उत्रिने तिनले पत्रकारहरुसित कुराकानी गर्दा संकेत दिएका छन् | तिनले छुट्टै राज्यको आन्दोलन गर्दा " गोर्खाल्याण्ड' को नाम दिन उचित नहुन सक्ने विचार व्यक्त गर्दै गोर्खाल्याण्ड भन्दा अन्य जातीका मानिसहरु आक्रोशित हुने गरेको अनि यसले नकारात्मक प्रभाव पर्ने पनि जनाएका छन् |यदि आन्दोलन नै गर्नु हो भने छुट्टै राज्य मात्र भनेर गर्नुपर्ने बताउदै बङ्गालबाट छुटिएपछि मात्र राज्यको नामकारण गर्दा असल हुने पनि सुब्बाले विचार व्यक्त गरे |
सुबास घिसिंग हमलाकाण्डको आरोपमा पक्रा परेर एघार वर्ष जेल बसी आरोप मुक्त भएर आएका छत्रे सुब्बाले निक्कै लामो समयपछि आफ्नो मौनता तोडेका छन् | तिनको मौनताले अनेकौ अड्कलबाजी भइरहेकै समयमा मौनता तोडेपछि छत्रेको डर हुनेहरुलाई राहत हुने निश्चित भएको छ | तर त्यो राहत कहिले सम्म हुने हो भन्ने कुरा अहिले नै भन्न सकिंदैन | किन भने हालमा राजनीति गर्ने चाह नभएपनि आगमी दिनमा भने सक्रिय राजनीतिमा ओर्लिने तिनले संकेत दिएका छन् | समयको प्रतिक्षामा बसेका सुब्बाले अब कहिले राजनीतिमा पाइला टेक्नेहुन् छत्रे प्रेमीहरुले प्रतिक्षा गर्नु पर्ने भएको छ |
Post a Comment
We love to hear from you! What's on your mind?