कालेबुंग | डी० के० वाइबा : एकातिर डुवर्सको भू भाग जीटीएमा गाभिएर यथासिग्रह सरकारले जीटीए गठन गर्नुपर्छ भन्दै गोजमुमो पार्टीका शिर्षस्थ नेताहरु दौडधूप गरिरहेका छन् भने अर्कोतिर तराई डुवर्सको भू- भाग विषयलाई लिएर गठन भएको हाइ पावर कमिटिको बैठक बारम्बार निर्कर्षहीन बन्दै आइरहेको छ | हाइ पावर कमिटिको बिहिबार पनि कोलकातामा तराई डुवर्सको भू- भाग विषयलाई लिएर बैठक भएतापनि उक्त बैठक पनि निस्कर्षहीन भयो | यसरी बारम्बार बैठकमा कुनै निष्कर्ष ननिस्केको कारण अनि जीटीए गठन प्रक्रिया ढिलो भइरहेको कारण अहिले मोर्चा खेमामा पनि असन्तुष्टि छाउन थालेको छ | मोर्चा प्रमुख बिमल गुरुङले हाइ पावर कमिटिको कार्यप्रति अगावै असन्तुष्टि जाहेर गरिसकेको छन् भने यो जीटीए गठनमा सरकारले बाधा पुराउन सुनियोजित षड्यन्त्र रचेको आरोप पनि लगाएका थिए | यस्तो अवस्थामा मोर्चा कै भात्री संगठन युवा मोर्चाले अब गोर्खाल्याण्डको आन्दोलनलाई आफ्नो काँधमा लिएर अघि बढ्ने घोषणा गरिसकेको छ | युवा मोर्चाको आन्दोलन कुन मोडमा पुग्ने हो भन्ने कुरा अहिले नै किटान गर्न सकिंदैन अनि यसबारे आन्दोलन गर्नेहरु पनि केहि स्पष्ट बताउन चाहिरका छैनन् | युवा मोर्चाले शुरु गर्ने गोर्खाल्याण्डको आन्दोलनमा अहिले सबैको ध्यान केन्द्रित भैरहेको छ भने गोजमुमो नेतृत्ववर्ग भने जीटीएलाई यथासिग्रह लागु गराउने ताकमा लागिपरेको बुझिन्छ | यस बारे समय समयमा विभिन्न बयानबाजी अघि आए पनि यसको ठोस उपलब्दी के हुने हो भन्ने कुरा भविष्य मै निहित छन् |
यता हिज कलकतामा भएको हाइ पावर कमिटिको मिटिंगले भने आगमी ४० दिन सम्म जीटीए गठन नहुने निश्चित बनेको छ | कोलकातामा भएको हाइ पावर कमिटिको बैठकमा हिज जनगणनाको रिपोर्ट बुझाउनु पर्ने भएको थियो तर उक्त रिपोर्ट बुझाउन अझ ४० दिनको समय लाग्ने भएपछि आगमी ४० दिन सम्म जीटीए पनि लागु नहुने निश्चित भएको छ | एकातिर आगमी ४० दिनसम्म जीटीए गठन नहुने निश्चित भएको छ भने अर्कोतिर जीटीए सम्झौता भएको ६ महिना भित्रमा जीटीएको चुनाव गरिनुपर्ने सम्झौता को सिमा अवधि पनि सकिने भएको छ | यस्तोमा आगमी दिनको राजनीतिले कस्तो मोड लिने भन्ने कुरा खुबै चाखलाग्दो बन्न पुगेको छ | किन भने आगमी १८ दिसम्बर देखि युवा मोर्चाले छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलन अघि बढाउने शंखघोष गरेको छ अनि उक्त ४० दिनको लामो अवधिमा युवा मोर्चाको आन्दोलनले सरकारलाई कतिसम्म दबाउ दिन सक्छ भन्ने चासो बनेको छ| यता यसबारे कुराकानी गर्दा मोर्चा स्टडी फोरमका सदश्य डा० आर० बी० भुजेलले युवा मोर्चाले गर्ने आन्दोलन कुनै नयाँ होइन तर पहिले देखि नै गरिंदै आएको आन्दोलनलाई बढवा दिने कार्य गरेको भनि बताएका छन् |
गोजमुमो पार्टीले छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनलाई कहिले नछोडेको दाबी गर्दै अहिले युवा मोर्चाले शुरु गर्छु भनेको आन्दोलन कुनै नौलो नरहेको तिनले जनाए | हाल मोर्चाले तराइ डुवर्सको भू- भाग जीटीएमा अन्तर्भुक्त गर्नुको निम्ति विभिन्न पहल गरिरहेको तिनले दाबी गर्दै हाल छुट्टै राज्य गोर्खाल्याण्डको कुरा गर्ने राजनैतिक दलहरु माथि पनि बर्सिए | डा० भुजेलले अहिले गोर्खाल्याण्डको कुरा गर्ने दलहरुले तराई डुवर्सको भू- भाग छोडेर कुरा गरिरहेको आरोप लगाउदै जीटीएमा तराई डुवर्सको भू- भाग गाभ्न नदिने षड्यन्त्र रहेको तिनले जनाएका छन् | मोर्चाले समय कालमा जीटीएको सम्झौता गर्न परे पनि यो चियाको चुस्की लिदै हतारमा लिएको निर्णय होइन भनि दाबी गरे | मोर्चाले जीटीएमा सम्झौता गर्न अघि अनेकौ बैठकहरुमा चर्चा - परिचर्चा गरेको अनि अन्तिम चर्चा पछि मात्र सम्झौता गरेको पनि तिनले पत्रकारहरुलाई जनाए | छुट्टै राज्य गोर्खाल्याण्ड हुन अघि तराई डुवर्सको भागोपले एतिहासिक भुल गर्न खोजेको थप आरोप लगाए | कुनै पनि मोर्चाको विरोध गर्न अघि विपक्षी दलहरुले जनता अघि प्रभावकारी कार्यक्रम फ्याकेर जनताको बिस्वास जित्नु भन्ने सुझाउ दिदै पहिले आफ्नै कार्यक्रमहरु पुन: दोहोराएर हेर्ने सुझाउ थप डा० भुजेलले दिएका छन् |
Post a Comment
We love to hear from you! What's on your mind?