मंग्पू | केशर मोक्तान : आज युवा मोर्चा केन्द्रिय समिति टोलीले अचानक मंग्पू परिभ्रमण गरे | आगमी १८ दिसम्बरको युवा मोर्चाको जनसभा मंग्पूमा हुने भएको हुँदा सभा स्थलको निरिक्षण गर्नको निम्ति आएको युवा मोर्चा सचिवले बताएका छन् | केन्द्रिय समितिबाट आएका टोलीले एक भेट वार्तामा युवा मोर्चा महा सचिव प्रिय्वर्धन राईले आगमी १८ दिसम्बरको मंग्पूको जनसभामा मोर्चा अध्यक्ष बिमल गुरुङ उपस्थित हुने हो या होइन अहिले सम्म कुनै स्पष्ट अडान नभएको बताएका छन् | युवा मोर्चा द्वारा गोर्खाल्याण्ड आन्दोलनको जून रुपरेखा अगावै तयार भैसकेको छ तसै मुताबिक युवा मोर्चाले आन्दोलनको शंख घोष गर्नेछ | त्यस सभामा अध्यक्ष बिमाल गुरुङ उपस्थित नभएपनि युवा मोर्चाले नै गोर्खाल्याण्ड आन्दोलनको सठीक निर्णय गर्ने महा सचिव प्रियवर्धन राईले बताएका छन् | जनसभामा ३० हजार भन्दा माथि युवा मोर्चाका कार्यकर्ताहरु उपस्थित रहने राईले दाबी गर्दै युवा मोर्चा गोजमुमोको भात्री संगठन भएको हुनाले भारतभरि छरिएर बसेका गोर्खाहरुको हितमा नै गोर्खाल्याण्ड आन्दोलनको शुरुवात गरिएको बताए | मोर्चाले जीटीएको सम्झौतामा गोर्खाल्याण्ड मागलाई ड्रप नगरेको बताउँदै अब युवा मोर्चाले गोर्खाल्याण्ड आन्दोलनलाई अघि बढाउने सचिव राईले जनाए | आन्दोलनलाई प्रेस मिडीयाले नै सबै भन्दा ठुलो टेवा पुराउने हुनाले युवा मोर्चाको आन्दोलनमा मिडयालाई प्राथमिकता दिने कुरा युवा मोर्चा केन्द्रिय समिति उपाध्यक्ष संजय थुलुंगले बताएका छन् | आज मंग्पूमा युवा मोर्चा केन्द्रिय समितिको महा सचिव प्रियवर्धन राई , उपाध्यक्ष संजय थुलुंग, कोषाध्यक्ष प्रवीन लामा अनि सदश्य उर्गेन लामा साथै अन्जुल चौहान उपस्थित रहेका थिए | केन्द्रिय समिति द्वारा मंग्पू जन मैदानमा हुने १८ दिसम्बरको जन सभाको तयारी युद्धस्तरमा भैरहेको जानकारी आज मंग्पू जोन युवा मोर्चा अध्यक्ष दयानन्द राईले दिएका छन् भने यस समावेशलाई सफलीभूत पार्न मंग्पू लाठ पन्चर समष्टिबाट पनि व्यापक युवावर्ग भेला हुने जानकारी समष्टिका अध्यक्ष शेखर थापा मूल सचिव सुजम छेत्री उपाध्यक्ष अनीत खातीले जनाएका छन् | जनसभाको व्यवस्था मंग्पू लाठ पन्चर समष्टि संयोजक रतन थापाको देख रेखमा भइरहेको जानकारी मंग्पू युवा मोर्चा सचिवले बताएका छन् भने त्यस जनसभामा युमो केन्द्रिय समितिका शिर्षस्थ नेतृत्व नारी मोर्चा केन्द्रिय समितिका नेतृत्वगण लगायत सम्पूर्ण माटो प्रेमी जनताको भेला हुने तय भएको छ | उक्त जनसभालाई केन्द्र गरेर मंग्पूका चालकवर्गलाई जनसभामा भेला हुने आह्वान गर्दै मंग्पू मोटर कर्मचारी कल्याण संगठनले १८ दिसम्बरको दिन मंग्पू क्षेत्रका सम्पूर्ण ट्याक्सी बस तथा अन्य यानवहान बन्द गर्ने जानकारी गराउँदै त्यस दिन यात्रीहरुलाई पर्ने असुविधाको निम्ति मंग्पू मोटर कर्मचारी कल्याण संगठनले अगावै प्रेस विज्ञप्ति मार्फत क्षमा याचना प्रकट गरेका छन् | त्यस जनसभाको दिन मंग्पू युवा मोर्चाले व्यापारीवर्गलाई मद मदिरा बेच बिखान नगरिदिने अपील गरेका छन् |
Post a Comment
We love to hear from you! What's on your mind?