किराती खम्बु राईको मङ सिरे उधौली पूजा सम्पन्न
मंग्पू/ कशेर मोक्तान : प्रत्येक वर्ष झैँ यस वर्ष पनि किराती खुम्बु राई संस्कृतिक संस्थ्यान मंग्पू जोनको अयोजनमा स्थानीय माङखिम डाँड़ामा मङसिरे उधौली पूजा सम्पन्न भयो | सर्बप्रथम क्षेत्रीय समिति अधिनस्थ सम्पूर्ण शाखा - प्रशाखा सदश्यहरुको जमात पछि मांगपाहरु क्रमैले एस० एमओ राई, सी० बी० राई, जगतमणि राई अनि श्याम राईलाई जातिगत दस्तुरमा पुजा अर्चनाको निम्ति सायाबुंग(पगरी) पहिराई सम्मान साथ पुजा संचालन गर्न अनुरोध गरियो | प्रथम मूल साम्खामा पुजा गरियो अनि सदैव पालन गरिने जंगलको पुजा, शिकारी पूजा, खोलाको पूजा , आइतबारे पूजा अनि संसारी पूजा विधिवत रुपमा गरियो | सम्पूर्ण स्थानमा पूजा अर्चना पश्चात संस्थाका अध्यक्ष कन्चन राईले स्वागत भाषण राखे भने मूल सचिव जगत राईले पनि छोटो संभाषण राखे | प्रत्येक शाखा प्रशाखाका अध्यक्ष अनि सचिवहरुलाई मांगपा महोदयको बाहुलीबाट सायाबुंग पहिराई परिचयको आदान प्रदान गरियो | कार्यक्रमको अर्को चरणमा मंग्पू क्षेत्रीय समितिबाट केन्द्रिय समिति दार्जीलिंगमा सम्मिलित हुने जी० एस० राई पुर्व सचिव जे० एम० राई पुर्व अध्यक्ष बी० के० राईलाई पनि आजको कार्यक्रममा सायाबुंग पहिराई बिसेष सम्मान गरियो | यस धार्मिक अनुष्ठानमा भेला भएका सम्पूर्ण सदश्यहरुलाई जी० एम० राई केन्द्रिय कोर कमिटि अनि प्रेम सितांग दार्जीलिंगले सम्बोधन गरे | उक्त कार्यक्रमको संचालन उदय थुलुंगले गरेका थिए भन्ने जानकारी संस्थाको पक्षमा कार्यलय सचिब भिशु राईले दिएका छन् |
Post a Comment
We love to hear from you! What's on your mind?