Gorkha Janmukti Yuwa Morcha to start Gorkhaland agitation from mungpoo tomorrow

मंग्पू / केशर मोक्तान: भोली १८ दिसम्बर युवा मोर्चाले मंग्पू जन मैदानबाट गोर्खाल्याण्ड आन्दोलनको शंखघोष गर्ने भएकोले मंग्पूमा जनसमावेशलाई केन्द्र गरेर तयारी पनि सेमी फाइनलमा पुगेको छ | मंग्पू लाठ पन्चर समष्टिका युवा मोर्चा अनि पार्टी कार्यकर्ताहरुले गत तीन दिन देखि जन सभा स्थललाई शृंगार गर्ने कार्य युद्धस्तरमा भइरहेको छ भने आज पार्टी कार्यकर्ताहरुले मंग्पू  नालीडाँडा लगायत वरिपरी क्षेत्रहरुमा पार्टीका ब्यानर झन्डा तथा चेन फ्ल्याग लगाउने कार्य गरे | मोर्चाले पहिलो चरणको गोर्खाल्याण्ड आन्दोलनमा फत्ते गर्न नसकेतापनि युवा मोर्चाले शुरु गरेको दोश्रो चरणको आन्दोलनमा पनि जनताको त्यही जोश र उमंग देखिंदैछ | आज युवा मोर्चाले माइकिंग गर्दै मंग्पू बजार तथा नालीडाँडा क्षेत्रका व्यापारीवर्गलाई भोलिको जनसभालाई केन्द्र गरेर कसैले पनि मद मदिरा नबेचिदिने आह्वान गरेका छन्  भने पार्टी तथा युवा मोर्चाको निर्णयलाई स्वागत जनाउदै नालीडाँडा व्यापारी संगठनले पनि भोलि एक दिनको निम्ति कसैलाई पनि मद मदिरा बेच्न नदिने अपील गर्दै नाली डाँडामा पोस्टरिंग गरेका छन् | मंग्पू जोन  अधिनस्थ १४ वटा शाखाका मोर्चा प्रतिनिधिवर्गले मंग्पू क्षेत्र भरि पार्टीको झन्डा तथा चेन फ्ल्याग लगाएको देखियो भने भोलिको जनसभामा मंग्पू लाठ पन्चर समष्टिका युवा मोर्चाले पार्टीका सम्पूर्ण भात्री संगठनलाई हार्दिक स्वागत जनाएको छ |
Read latest post filed under mungpoo news, political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.