मंग्पू: विधार्थीहरुको सर्वांगीण बिकाशको निम्ति मंग्पू विभाग स्थित ग्रीन माउन्टेन स्कूलको वार्षिक खेल संगम मंग्पू खेलकुद मैदानमा सभापति एस० एम० राईको सभातित्वमा सम्पन्न भयो | कार्यक्रमलाई अशित थापाले संचालन गरेका थिए भने खेलकूद विभागको संचालन निला राई एवम सरोज थापाले गरेका थिए | कार्यक्रममा सम्पूर्ण अतिथिगणलाई खादा - माला द्वारा स्वागत जनाउदै सभापति द्वारा रिबन काटेर अनि मुख्य अतिथि प्रकाश चन्द्र राईले मसाल जलन गरेर कार्यक्रम शुरु गरियो भने स्वागत संभाषण भाष्कर थापाले राखे | विधार्थी नानीहरुको मार्च पास्टलाई मुख्य अतिथि प्रकाशचन्द्र राईले सलामी लिएका थिए | खेलहरुमा विभिन्न दौड , भाले जुझाई ,अतिथि संगीतमय खेल, तथा अभिभावकवर्गको निम्ति डोरी तान्ने खेलहरु रहेको थियो भने खेलको पुरस्कार वितरण कार्यक्रममा विभिन्न अतिथिहरुको बाहुलीबाट गरियो | उक्त खेल संगममा के० बी० योन्जन, निला राई, दयानन्द राई, सुजम छेत्री, बुध कुमार थापा, दिल बहादुर मंगर,किरण थापा ,लिला बहादुर छेत्री , टी० बी० लेप्चा , सुर्यमणि राई, एक० के० गुरुङ, हरिप्रसाद राई, अभिभावकवर्ग , भुतपुर्व विधार्थीगण तथा समाजक वरिष्ठ व्यक्तिहरुको बिसेष उपस्थिति रहेको थियो |
Post a Comment
We love to hear from you! What's on your mind?