आइसीडीएसको पद नियुक्ति बन्द गर्नुपर्ने सरकारी आदेशमा तारा सुन्दासले गर्यो टिप्पणी

कालेबुंग/डी० के० वाइबा - आँगनबाडी योजना अनुरुप दार्जीलिंग पहाडमा अहिले घरि एक सय २९ वटा आइसीडीएस केन्द्रहरु संचालन हुदै आइरहेको छ | उक्त केन्द्रहरुमा कर्मी अनि सहकर्मीहरुको नियुक्ति बन्द गर्नुपर्ने सरकारी आदेश जारी भएको माकपा नेता तारा सुन्दासले पत्रकारहरुलाई बताएका छन् | प्रत्येक केन्द्रहरुमा एकजना कर्मी अनि एकजना सहकर्मी हुनपर्ने सरकारी नियम भएपनि अधिकतर केन्द्रहरुमा रिक्त पद रहेको छ | उक्त पदहरुमा नियुक्ति गर्न केही महिना अघि सरकारी प्रक्रिया शुरु भएको थियो | नियुक्तिको प्रक्रिया भए पनि पछि सम्पूर्ण प्रक्रिया अचानक बन्द भएको थियो | बन्द गर्नुको कारण कसैले थाहा नपाए पनि पछि थप सरकारी आदेश जारी भयो जुन आदेशमा सम्पूर्ण नियुक्ति रोकिनु पर्ने लेखिएको छ | पी० के० चन्द्र द्वारा हस्ताक्षरित आदेश पत्र २३ मई २०११ मा जारी भएको छ अनि उक्त आदेश पत्रमा आगनबाडी कर्मी अनि सहकर्मीहरु नयाँ आदेश जारी नभए सम्म नियुक्ति रोकिनु पर्ने स्पष्ट लेखिएको छ | आज सोही विषयमा माकपा नेता तारा सुन्दासले पत्रकारहरुसित कुराकानी गर्दै उक्त सरकारी आदेश पहाडका विधायकहरुले यथासिग्रह खारेज गर्नुपर्ने माग गरेको छ | नियुक्ति रोकिनु पर्ने सरकारी आदेशले यहाँको बेकारी समस्या समाधान हुनको साटो थप कठिन हुने बताउँदै यस्तो सरकारी आदेश जनताको निम्ति हानिकारक हुने तिनले बताए | आइसीडीएस कर्मीहरु ग्रयाजुएट भएमा पाँच वर्ष पछि सुपर भाइजरको परिक्षा बस्न सक्ने अनि माध्यमिक उतिर्णहरुले दस वर्षपछि सो परिक्षा बस्न पाउने नियम रहेको बताउँदै यस नियमले साधारण जनतालाई घात भएको बताए | आइसीडीएस चियरमेनको पदमा विधायकहरु हुने गरेको बताउँदै यसरी सरकारी आदेश आउँदा सम्म विधायकहरु किन मौन बसे भन्दै यस आदेशलाई रोक्ने पहल यथासिग्रह गर्नु पर्ने माग गरे | सरकारी आदेशले यहाँ रिक्त पदहरु व्यर्थैमा हराएर गइरहेको बताउँदै अहिले दार्जीलिंग पहाडमा सुपर भाइजरको ३९ थप रिक्त पदहरु रहेको पनि तिनले बताए | यी रिक्त पदहरुमा चाडै नियुक्ति गरेर बेकारी समस्या समाधान गर्नको निम्ति विधायकहरुले पहल गर्नु पर्ने सुन्दासले माग गरेका छन् | यसरी पहाडमा नियुक्ति प्रक्रिया बन्द गर्दा पहाडका मानिसहरु पलायन हुनपर्ने भविष्यमा बाध्य हुनपर्ने बताउँदै यसको निम्ति आज नै सचेत बन्नु पर्ने पनि तारा सुन्दासले आह्वान गरेका छन् |
Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.