डा० जी० सी० सुब्बाले फेरि पायो एक वर्षको निर्देशकको भार - सिन्कोनाबासीमा हर्षोल्लास

मंग्पू /केशर मोक्तान : सिन्कोना निर्देशक डा० ज्ञानचन्द्र सुब्बाको कार्यकाल एक वर्षको निम्ति राज्य सरकार द्वारा बढोत्तरी गरिएको जानकारी आज मंग्पूमा पत्रकार सम्मेलन डाकेर मोर्चा केन्द्रिय समिति संगठनिक सचिव एवम मंग्पू लाठ पन्चर संयोजक रतन थापाले बताएका छन् | संयोजक थापाले बगान निर्देशक डा० जी० सी० सुब्बाले हिज १४ दिसम्बर  देखि कोलकाता स्थित राज्यका हर्टिकल्चर एवम फुड प्रोसेसिंग अधिनस्थ सिन्कोना कार्यलयमा आफ्नो कार्यभार सम्हालेको जानकारी दिएका छन् | संयोजक थापाले मोर्चा अध्यक्ष बिमल गुरुङ, सचिव रोशन गिरी तथा खरसांगका विधायक रोहित शर्माको भगीरथ प्रयाशमा पुन: सिन्कोना बगान निर्देशकको कार्यकाल एक वर्षको निम्ति बढोत्तरी भएको जानकारी दिए | संयोजक थापाले अध्यक्ष बिमल गुरुङ,रोशन गिरी ,रोहित शर्मा लगायत दार्जीलिंग तराई डुवर्स प्लान्टेसन लेबर युनियन कानुनी सलाहकार तिलकचन्द्र रोका अनि युनियनका सम्पूर्ण प्रतिनिधिहरुलाई आभार प्रकट गरेका छन् | स्मरण रहोस गत ३१ अक्टोबर  देखि सिन्कोना बगान निर्देशकको पद हिज सम्म रिक्त रही आएको थियो भने अब एक वर्षको निम्ति डा० सुब्बाले नै सिन्कोना निर्देशकको पदभार सम्हाल्ने जानकारी छ | डा० सुब्बाको कार्यकाल झट्टै बढोत्तरी हुनपर्छ भनि दार्जीलिंग तराई डुवर्स प्लान्टेसन लेबर युनियनको साथमा बगान श्रमिकवर्गले राज्य सरकारसंग माग राख्दै नारा बाजी समेत गरेको थियो भने हिज देखि श्रमिकहरुमा हर्षको लहर छाएको छ | प्राय: ४५ दिन सम्म पनि बगानमा स्थायी निर्देशकको नियुक्ति नभएकोमा निर्देशक कार्यलयका कर्मचारीहरुले यस वर्षको शीतकालीन भत्ता समेत पाउन असमर्थ बनेका थिए भने निर्देशक पुन: नियुक्ति हुँदा अब चाडै नै बगानको सम्पूर्ण समस्याहरु समाधान हुने प्रसस्त छाँट देखिएको छ | गोजमुमो अनि दार्जीलिंग तराई डुवर्स प्लान्टेसन लेबर युनियनको अथक प्रयासमा निर्देशक नियुक्ति भएको हो भनी  दार्जीलिंग तराई डुवर्स प्लान्टेसन लेबर युनियन सिन्कोना जोन केन्द्रिय समिति सचिव गगन राईले बताउँदै अब युनियन , मोर्चा साथै निर्देशक बिच चाडै वार्तालाप गरेर बगानको समस्याहरु एकाएक सुल्झाउने सचिवले बताए | आगमी २२ दिसम्बरको दिन दार्जीलिंग तराई डुवर्स प्लान्टेसन लेबर युनियनको अगुवाईमा सिटोंग सिन्कोना बगानमा विराट जनसभा गर्ने भएकोले उक्त जन समावेशमा मंग्पू लाठ पन्चर , रोंगो , मन्सोंग लगायत सम्पूर्ण सिन्कोना बगानका श्रमिक कर्मचारीवर्गलाई उपस्थित भइदिने युनियन सचिव गगन राईले आह्वान गरेका छन् | युनियन सचिवले गत दुइ वर्षदेखि थाँतीमा रहेको बगान श्रमिक कर्मचारीवर्गको पद्दोनती पनि अब पुन: संचालन हुने बताउँदै युनियनको प्रथम प्रयास तीन वटा बन्द कारखाना खुलाउन रहेको बताए | आज निर्देशक कार्यकाल बढोत्तरी हुनुमा उतर बङ्गालका बिकाश मन्त्री गौतम देबले पनि सहयोग पुराएकोमा सिन्कोनाको पक्षमा मन्त्री गौतम देवलाई संयोजक रतन थापाले आभार प्रकट गरेका छन् | यसरी पत्रकार सम्मेलन अघि बोल्दै मोर्चा खरसांग महकुमा समितिका उपसचिव प्रदीप छेत्रीले निर्देशक कार्यकाल अवधि बढोत्तरी हुनुमा समष्टि संयोजक रतन थापाको ठुलो सहयोग रहेको बताउँदै मोर्चा मंग्पू जोनको पक्षमा संयोजकप्रति आभार व्यक्त गरे | आजको सम्मेलनमा संयोजक रतन थापा, युनियन सचिव गगन राई , मोर्चा मंग्पू जोन सचिव रतन लामा, खरसांग महकुमा समिति उपसचिव प्रदीप छेत्री लगायत युवा मोर्चाका कार्यकर्ताहरु उपस्थित थिए |
उनको कार्यकाल अवधि बढोत्तरी सन्दर्भमा बगान निर्देशक डा० जी० सी० सुब्बासित जान्न चाहदा हालमा उनी कोलकातामा रहेकोले कुनै सम्पर्क जुटाउन सकिएन |
Read latest post filed under mungpoo news, regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.