कालेबुंग/डी० के० वाईबा : बङ्गालको विधान सभामा छुट्टै राज्य गोर्खाल्याण्डको बील ल्याउँछु भन्ने विधायकहरुले किन बील ल्याउन सकेनन् | जनतालाई गोर्खाल्याण्डको मुद्दा देखाएर भोट जित्ने नेताहरु अहिले कुन दुलोमा पसेका छन् ? जनतालाई कति दिन भ्रममा पर्ने ? अहिले ममता दिदीको गीत गाउनेहरु १८ जुलाईमा बंग भंग होबेना भन्दा किन बिद्रोह नगरेको ? अब पुन: गोर्खाल्याण्डको आन्दोलन गर्छु भन्दा जनताले विश्वास गर्दैनन् | क्रामाकपालाई बिस्वास गर्दैन भन्नेहरुले भविष्यमा नै थाहा पाउनेछन् कति बिस्वास गर्छ गर्दैन भन्ने कुराहरु - उक्त कुरा क्रामक्पा युवा एकाइका महा सचिव अरुण घतानीले यहाँको डम्बर चौकमा आयोजित जनसभालाई सम्बोधन गर्दै भनेका हुन् | पार्टीको १४ औ स्थापना दिवशको अवसरमा धेरै दिन पछि क्रामाकपा पार्टीको यहाँको डम्बर चौकमा जनसभा आयोजना भएको थियो | यस अवसरमा पार्टी कार्यकर्ताहरुले छुट्टै राज्य गोर्खाल्याण्डको जोडदार नाराबाजी लगाउनुको साथै जीटीएको पनि जोडदार विरोध गरे | यस अवसरमा सम्बोधन गर्दै अरुण घतानीले बिगतमा छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनलाई अघि बढाउन गोजमुमो पार्टीलाई क्रामाकपाले साथ दिएको तर आज आएर सबै गुण बिर्सिएको बताए | तिनी मोर्चा माथि पनि बर्सिन्दै अहिले युवा मोर्चाले छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलन गर्छु भनेर जनतामा भ्रम सृजना भइरहेको पनि जनाए | एकातिर मोर्चा कै नेताहरु जीटीएमा सम्झौता गरेर पलायनवादी नीति अपनाईरहेको समयमा अर्कोतिर युवा मोर्चाले आन्दोलन गर्छु भन्नु केवल जनताको आँखामा धुलो हाल्ने काम मात्र रहेको तिनले दाबी गरे | तिनी मोर्चाका प्रवक्ता तथा विधायक डा० हर्क बहादुर छेत्री माथि बर्सिन्दै बिगतमा सुबास घिसिंगको विरुद्धमा लेख्ने डा० छेत्रीले अहिले तानाशाहीको भाषा बोलिरहेको आरोप लगाए | छेत्रीले बिगतमा लेखेका आफ्नै लेखहरु पुन: आफै पड्नु पर्ने पनि सुझाउ राखे | तिनले मदन तामांग हत्याकाण्डका आरोपीहरु अहिलेसम्म खुल्ला हिडीरहेको बताउदै हत्यारालाई पक्राउ गरेर सजाय दिनु पर्ने माग गरे | क्रामाकपा सधै शोषणको विरुद्ध लड्ने पार्टी रहेको पनि घतानीले दाबी गरेका छन् | अर्कोतिर जनसभालाई सम्बोधन गर्दै क्रामाकपा हाइवे जोनल कमिटिका अध्यक्ष सन्तोष प्रधानले बिगतमा देश परिस्थिति छुट्टै राज्यको पक्षमा नरहेको दाबी गर्दै जीटीएमा सम्झौता गर्ने गोजमुमो नेताहरुले अहिले देशको परिस्थिति छुट्टै राज्यको गठनको पक्षमा रहेको कुरा बुझेर जीटीएको सम्झौता पार्टी भित्रबाटै खारेज गर्नुपर्ने माग गरे | जीटीएले दार्जीलिंग पहाडको बिकाश भएपनि गोर्खाहरुको राष्ट्रिय चिन्हारी र जातीय सुरक्षा बोक्न नसक्ने दाबी गर्दै जीटीए थापेर गोर्खाहरुको समस्या समाधान भयो भन्नु नितान्त मुर्खता रहेको दाबी गरेका छन् |
ममता ब्यनार्जीले गोर्खाल्याण्ड होइन गोर्खाहरुको राष्ट्रिय राजनैतिक सुरक्षा र जातीय चिन्हारीको निम्ति छुट्टै राज्य गोर्खाल्याण्ड दिनु पर्ने माग गरे | वर्तमान परिस्थितिमा गोजमुमो पार्टीले जीटीए सम्झौता खारेज गरेर छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति अघि बढ्नु पर्ने प्रधानले आह्वान गरे | क्रामकपाले आगमी १९ अनि २० दिसम्बरको दिन दिल्लीमा धर्ना दिने बताउदै हाम्रो कार्यक्रमलाई हेर्नुहोस भन्ने चुनौती दिदै दिल्लीमा गएर हुदैन भन्नेहरुले आफ्नो पार्टीको अस्तित्व जोगाउन अहिले १८ दिसम्बरको दिन धर्ना दिने योजना किन बनाएको भनी मोर्चा नेताहरुलाई प्रश्न राखे | मोर्चाले जनताको आकांक्षा मारेर केवल एक मुठी जनतालाई खुसी पर्ने काम गरेको दाबी गर्दै यस्तो कामले जातीय सुरक्षा हुन नसक्ने दाबी गरे | क्रामाकपा कालेबुंग आंचलिक कमिटिका प्रवक्ता मोहन पौड्यालले क्रामाकपाले गोर्खाल्याण्डको मुद्दालाई अन्य राजनैतिक पार्टीहरुले जस्तो व्यापार गर्ने काम नगरेको बताए | आजको जनसभालाई कालेबुंग आंचलिक कमिटिका अध्यक्ष किशोर प्रधान अनि सुधन प्रधानले पनि सम्बोधन गर्दै जीटीएको सम्झौता खारेज गर्नुपर्ने माग गरे |
Post a Comment
We love to hear from you! What's on your mind?