मंग्पू रविन्द्र संग्राहलयले सम्झन्दैछ मन्त्रीको घोषणा - खोज्दैछन् पर्यटकहरु अँध्यारोमा कविको दर्शन
मंग्पू /चन्दन खवास : राज्य सरकारले मंग्पू स्थित रविन्द्र संग्राहलयलाई धेरै प्रमुखता दिईरहेको छ हिजाज | पुरानो संग्राहलयको आधुनिकरण गर्ने दिशा तर्फ निक्कै जोड लगाएको देखिंदैछ, यधपि अहिले सम्म पुर्व घोषित कार्यहरु नै अधुरो रही आएको छ | मुख्य मन्त्रीको भ्रमण पछि मंग्पूमा पर्यटकहरुको प्राय नै भीड रहेको हुन्छ उक्त रविन्द्र संग्राहलयमा | दिउँसो आउने पर्यटकहरुले जसो तसो प्राकृतिक मजा लुट्न अनि कविको तस्वीरहरुको दर्शन गर्ने अवसर पाईरहेको छ भने कवि द्वारा रचित कविताहरुको रसपान गरी रहेको छ अनि कविको आफ्नै बाहुलीबाट बनिएका चित्रहरु हेरी मुग्ध बन्छन | तर बेलुकी पख आउने पर्यटकहरु धेरै दुखी छ | अहिले सम्म संग्राहलयमा विधुतिकरण भएको छैन जब कि धेरै महिना अघि उतर बंग बिकाश मन्त्री गौतम देवले एक हप्ता भित्र विधुतिकरण गर्ने घोषणा गरेका थिए | जाडोको मौसममा दिउँसो पनि संग्राहलयमा बस्न गाह्रो पर्छ भने बेलुकी पखको त कुरा नै नगरे हुन्छ | बेलुकी आउने पर्यटकहरु प्राय: नै कविको दर्शन गर्न देखि बन्चित रहेको पाइन्छ साथै निराश बनेको पाईन्छ | मुख्य मन्त्रीलाई ज्यनेरेटरको उज्यालोमा कविको दर्शन गराएका थिए त्यस समय भने पर्यटकहरुको निम्ति कसले सोचिदिने ? राज्य सरकार अहिले सम्म घोषणा गर्न मै व्यस्त देखिन्छ | मुख्य मन्त्रीको भ्रमण अवधि पनि संग्राहलयलाई जस्तो अवस्थामा थियो त्यस्तै अँध्यारोमा राख्न पर्ने प्रतिक्रिया धेरैले पोखेका छन् | मंग्पूको अँध्यारो संग्राहलयमा मुख्य मन्त्रीको भ्रमणले केही ठोस कार्य हुने आशा व्यक्त गरेका थिए मंग्पूबासीले | वास्तवमा उक्त भ्रमणलाई संग्राहलयको वास्तविकतासित परिचय गराउने एउटा असल अवसर थियो | सरकारले संग्राहलयलाई आधुनिकरण गर्ने दिशाकमा जुन पहल गरिरहेको छ त्यसलाई मंग्पूले स्वागत जनाएतापनि सर्वप्रथम सरकारले मूल आधार मुलक आवश्यकतामा ध्यान दिन सके राम्रो हुने थियो भनि एक पक्षले आफ्नो मत जाहेर गरेको छ | आधुनिकरण गर्न निश्चय नै केही लामो समय लाग्ने छ भने पूर्व घोषित प्रस्ताव अनुरुप राज्य सरकारले विधुतिकरण र रात्री चौकीदारको व्यवस्था मिलाउन सके पर्यटकहरुले धेरै मजा लुट्न सक्ने थियो | मंग्पूलाई यही संग्राहलयले पर्यटकको सुचीमा गाभ्न धेरै महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्नेछ |
Post a Comment
We love to hear from you! What's on your mind?