काठमा जीवन खोज्दै बहुमुखी प्रतिभाशाली लोके

3 दिसम्बर(कालेबुङ)प्रदीप लोहगुन -  सरकारी संरक्षण र जनमानसको रुचिको अभावमा अस्तित्व संकटको सामना गरिरहेको काष्ठकलालाई कालेबुङका लोकबहादुर प्रधानले व्यक्तिगत प्रयासमा नयाँ जीवन दिने प्रयास गर्दै आइरहेका छन।  कालेबुङ शहर संलग्न सुन्दर गाँउका बासिन्दा लोक बहादुर प्रधान काष्ठकलाका बेजोड कारीगरका रुपमा पहाडभरि नै परिचित र चर्चित छन। आफ्नो प्रतिभाले मात्र होइन तर समाजसेवा र मिलनसार प्रवृतिका कारण उनी कालेबुङमा लोकेको उपनामले लोकप्रिय छ्न। बासँको झुप्रो र माटोले लिपेको भित्ताको घर देखेर उनलाई हियाउनेहरु पनि कम छैनन तर यही सानो छाप्रोभित्र लोकेको प्रतिभाको नमूनाहरु हेरेपछि भने जो कोही पनि दंग नपरि रहन सक्दैनन। लोकेले काष्ठकलाको क्षेत्रमा प्रवेश गरेको एक दशक पनि टेकेको छैन तर यो छोटो अवधिमा उनले जे जति प्रगति गरेका छन यो आफैमा एउटा रहस्य जस्तो भएको छ। उनले सृजना गरेका काठका कला-कृति हेरे पछि उनले काष्ठकलाको कुनै औपचारिक प्रशिक्षण लिएका छैनन भनेर पत्याउनसमेत गाह्रो पर्छ। दुइकोठाको साघुँरो घरलाई पनि उनले एक सानोतिनो संग्रहालयकै रुप दिएका छन। प्रयोगपछि अफालिएका काठका टुक्राहरुबाट उनले जे जति पनि काष्ठ सामग्रीहरु तैयार पारेका छन, त्यसलाई हेर्दा उनलाई वास्तवमै सरस्वतीको वरदान प्राप्त छ भन्ने भान हुँदछ। उसै पनि उनी यसको निम्ति आफूलाई अलौकिक ज्ञान प्राप्त भएको धारणा राख्छन। उनले काठबाट जातीय वाद्यवादन, गरगहना, पारम्परिक भाडा वर्तन, फूटबल अनि क्रिकेट वल्ड कपका नमूना, शंख जस्ता कलाकृतिहरु बनाएर आफ्नो बेजोड प्रतिभाको परिचय दिँदै आएका छन। कालेबुङ नगरपालिकाका कर्मचारी लोकबहादुर प्रधानले यस कलालाई एउटा साधनाका रुपमा लिएका छ्न। आफ्ना सृजनाहरु बेचेर धन कमाउ भन्ने भावनाबाट आफू टाडा रहेको बताउँछन। निर्माण सामग्री जुटाउन उनले एकदिन आफूले बनाएको काठको नौमति बाजा बेच्नु परेको थियो। आफ्नो कलाको मोल भाव गर्नु परेको त्यस दिन उनी धेरै रोएको अनुभव छ लोकेसँग। उनी काठका पारम्पारिक वाद्य वादनहरु निर्माण मात्र गर्दैनन तर त्यसलाई बजाउन पनि उत्ति नै पारंगत छ्न। कैय़ौ सांस्कृतिक कार्यक्रमहरुमा आफूले बनाएका टुङ्गना, सारंगी, बासुरी , शंख बजाएर उनले धेरै स्याबासी पनि पाई सकेका छन। जिल्ला औद्योगिक केन्द्रद्वारा आयोजित प्रतियोगिताहरुमा थुप्रै चोटी प्रथम स्थान ओगट्न सफल बने पनि विभागद्वारा प्रदान गरिने पुरस्कार राशि आजसम्म हात नपरेको तितो अनुभव रहेको लोके बताउँछन। बिलुप्तीको संघारमा पुगिसकेको कलालाई जीवित राख्न आफू दत्तचित्त बनेर लागेको भए पनि समाजबाट खासै प्रोत्साहन र मान्यता नपाएको उनको गुनासो छ।
आफ्नो विधामा जति निपुण छन लोके उती  नै समाजसेवा कार्यमा पनि  उनी समर्पित छन। कालेबुङ शहर संलग्न क्षेत्रका दाह संस्कारको कार्यमा उनी नपुगेको बिरलै हुन्छ। सिक्किमका मुख्यमंत्रीलाई पनि आफ्नो कलाको नमूना भेंट दिने उनको धोको छ। एसडीएफ पार्टीको चिन्ह छाता अंकित एउटा कृति उनले तैयार राखेका छन। कुनै विशेष अवसरमा मोर्चा प्रमुख बिमल गुरुङको बाहुलीबाट मुख्यमंत्री डा पवन चाम्लिङलाई यो कृति उपहार स्वरुप प्रदान गर्ने उनको ईच्छा छ। सरकारी सहयोग र प्रोत्साहनबाट ओझेलमा परेका लोकेलाई मोर्चा प्रमुखले केही दिन अघि एक लाख आर्थिक सहयोग गरेको घटनाले उनी निकै उत्साहित छन। भविष्यमा आफ्ना कलाकृतिहरुको सार्वजनिक प्रदर्शनीको निम्ति एउता संग्रहालयको निर्माण गर्ने उनको योजना छ। यसको निम्ति पनि गुरुङबाट सहयोगको आश्वासन पाएको लोकेको भनाई छ। यस विद्यालाई पेशाको रुपमा बिकसित गर्न सकिने प्रशस्त सम्भावना रहेको भए पनि आजका युवापिढीले यस कलाप्रति रुचि र चासो नदेखाएकोमा उनी दुःख प्रकट गर्ने गर्दछन।
Read latest post filed under blog article, history

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.