Jnanpith High School organised annual prize distribution programme
मंग्पू: रंग्बी ज्ञानपीठ उच्च विधालयको निजि भवनमा बिधालयको वार्षिक पुरस्कार वितरण कार्यक्रम प्रधान अध्यापक बी० के० गुरुङको सभापतित्व, संस्थापक समितिका सदश्य तथा भैंसेटार प्राथमिक पाठशालाका अवकाश प्राप्त प्रधान अध्यापक के० एस० छेत्रीको मुख्य अतिथित्व अनि गोजमुमो मंग्पू जोनका मूल सचिव रतन लामाको वरिष्ठ अतिथित्यमा सम्पन्न भयो | दशौ श्रेणीका छात्रावर्ग द्वारा गुरु बन्दनाको प्रस्तुती पश्चात सह शिक्षिका दिपा मोक्तानले स्वागत संभाषण राखे | रतन लामाले आफ्नो सम्बोधनमा निकट भविष्यमा मंग्पूमा केन्द्रिय विश्वविधालय स्थापना हुने जानकारी दिदै यस भेकमा एउटा डिग्री कलेजको पनि आवश्यकता भएकोले सबैले लागी पर्नुपर्ने विचार राखे | प्राधान अध्यापक बी० के० गुरुङले आगमी शैक्षिक सत्रदेखि विधालयमा एघारौ श्रेणीको शुरुवात गरिने सम्भावना व्यक्त गर्दै स्थानीय विधार्थीहरुले आफ्नै घरबाट उच्चतर माध्यमिक शिक्षा हासिल गर्न सक्ने सुविधा बारे विचार व्यक्त गरे | के० एस० छेत्रीले आफ्नो मुख्य अतिथिको संभाषणमा विधार्थीहरु अत्यन्त अनुसाशनशील हुन पर्ने सुझाउ राखे | कार्यक्रममा सिक्सिन रेशेप प्राथमिक पाठशालाका प्रधान अध्यापक सुरेन थिंग अनि वर्तमान संचालन समितिका सचिव प्रेम शेर्पाले पनि कार्यक्रमलाई सम्बोधन गरे | कार्यक्रममा प्रत्येक श्रेणीबाट प्रथम,दोश्रो अनि तेश्रो स्थान ओगट्ने विधार्थीहरुलाई शैक्षिक पुरस्कार वितरण गरियो भने खेलकुद क्षेत्रमा गत ११ नोभेम्बरमा सम्पन्न खेलकुद प्रतियोगीहरुलाई पनि पुरस्कार वितरण गरियो | निलो,रातो,हरियो अनि पहेलो दल मध्ये रातो दललाई उत्कृष्ट दलको रुपमा पुरस्कृत गरियो भने शैक्षिक सत्र २०११ मा सबै भन्दा असल आचरण हुने विधार्थीको रुपमा नवौ श्रेणीका छात्रा तामांगलाई चयन गरियो | सबै श्रेणीका विधार्थीवर्ग द्वारा विभिन्न प्रतियोगितात्मक नृत्य प्रस्तुत गरे भने विभिन्न नेपाली, हिन्दी गीतहरु पनि प्रस्तुत गरे | सह शिक्षक कन्चन राई, दिलिप गुरुङ, बसन्तमणि राई तथा दिपा मोक्तानद्वारा संचालित कार्यक्रममा राँची प्राथमिक पाठशालाका प्रधान अध्यापिका जयन्त गिरी, देवलाल मोक्तान,अपतन प्राथमिक पाठशालाका प्रधान अध्यापक अनि वर्तमान संचालन समितिका सभापति बुध शेर्पा तथा अन्य सदश्यगण र अभिभावकहरुको उपस्थित रहेको थियो |
Post a Comment
We love to hear from you! What's on your mind?