St Anthony's School Mungpoo celebrates annual concert

मंग्पू | केशर मोक्तान: आज मंग्पू  सेन्ट एन्थोनी स्कूलको वार्षिक संस्कृतिक कार्यक्रम जी० एम० बलको अध्यक्षतामा सम्पन्न भयो | कार्यक्रम  अध्यक्षको बाहुलीबाट दीप जलन गरी शरु गरियो भने स्कूल संचालन समिति अध्यक्ष भानु राई अनि प्रधान अध्यापक सन्तोष विशवले संचालन गरेको कार्यक्रममा नर्सरी तथा के० जी० का नानीहरुले रर्याम्स प्रस्तुत गरे | स्कूलका नानीहरुले प्रारम्भिक गीत प्रस्तुत गरेपछि नानीहरुले खुबै रोचक ढंगमा गीत तथा लोक नृत्य प्रस्तुत गरे | कार्यक्रममा विधालयका नानीहरुले कविता वाचन साथै नाटक प्रस्तुत गरेर सम्पूर्ण अभिभावक अनि अतिथिगणलाई मन्त्रमुग्ध पारे | कार्यक्रममा स्कूल डोनेसनको निम्ति खेलाइएको लट्री पनि उडाइयो | अन्तमा विधालयका नानीहरुलाई अतिथि सुर्य बहादुर तामांग, भानु राई,जी० एम० बल, सरोज तामांग तथा अभिभावकहरुको बाहुलीबाट पारितोषिक वितरण गरियो | अध्यक्ष संभाषणलाई सम्बोधन गर्दै जी० एम० बलले १९९६ सालमा स्थापित भएको यस स्कूलले शैक्षिक क्षेत्र संग संगै नानीहरुलाई खेलकुद तथा सांगीतिक क्षेत्रमा पनि अघि बढाएको कुरा व्यक्त गर्दै आज यस संस्कृतक कार्यक्रम भब्य रुपमा सम्पन्न भएकोमा स्कूल प्रति आभार व्यक्त गरे | यस वर्ष परिक्षामा सर्वोच्च अंक लिएर प्रथम, दोश्रो अनि तेश्रो हुने नानीहरुलाई स्कूलका शिक्षक सन्तोष विश्व र शिक्षिका जेरुसा मल्ल , कन्चन राई, संगीता तामांग, प्रियंका तामांग र मोना गुरुङको बाहुलीबाट परिक्षाफल सहित पारितोषिक वितरण गरियो |
Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.