मंग्पू : सन् १९८८ सालमा स्थापित शारदा उच्च विधालय मंग्पू विभाग मंग्पूले विगत वर्ष झैँ यस वर्ष पनि डी० भारती विधालय संचालन समिति कै सभापतित्वमा विधालय प्रांगनमा भब्य रुपमा वार्षिक सांस्कृतिक एवम पुरस्कार वितरण कार्यक्रम सम्पन्न भयो | कार्यक्रमलाई उदय थुलुंग, सरोज थापा अनि अजय रीले संचालन गरेका थिए | कार्यक्रमको शुरुमा सम्पूर्ण अतिथिगणलाई खादा माला अर्पण गरे पश्चात डी० भारती , रतन थापा संयोजक मंग्पू लाठ पन्चर समष्टि , रतन लामा, गगन राई आदिले तस्वीरद्वय स्व० जी० एल० विधालयको प्रमुख सल्लाहकार अनि स्व० प्रसाद गुरुङ संस्थापक प्रधान अध्यापकलाई श्रधान्जली स्वरुप माला अर्पण गरेर कार्यक्रम शुरु भयो | सी० बी० थापा व्यवास्थापक सरकारी कुइलेंन बारी मंग्पूले पनि तस्वीरमा श्रधान्जली अर्पण गरे | ज्ञात रहोस् १८ सेप्टेम्बर भुइँचालो मृतकहरु , २२ अक्टोबर बिजनबारी दुर्घटना मृतकहरु तथा ९ दिसम्बर एआरएमआइ अस्पताल कोलकाता दुर्घटना मृतकहरुको नाममा मृतकहरुको आत्माले शान्ति पाउन तथा शारदा उच्च विधालयका संस्थापक प्रधान अध्यापक स्व० प्रसाद गुरुङ एवम सलाहकार स्व० जी० एल० सुब्बाको नाउहरुमा श्रधान्जली स्वरुप दुइ मिनटको मौन प्रार्थना गरियो | विधालयका सह शिक्षिका सुमित्रा रीले स्वागत भाषण राखेको उक्त कार्यक्रममा के० बी० योन्जन, ए० के० गुरुङ ,पुस्कर थापा , हरि प्रसाद राई , ए० एम० राई , बुध कुमार थापा , सुजम छेत्री , दयानन्द राई , निला राई , विशाल राई , लिला बहादुर छेत्री, अरिफ थापा, तथा अन्य अन्याको बिसेष उपस्थिति रहेको थियो | कार्यक्रममा विधार्थीवर्गले नेपाली, हिन्दी गीत तथा नृत्यहरु खुबै असल ढंगमा प्रस्तुत गरे भने विधालयका अशिक्षण कर्मचारी सुदेश बर्देवाले पुरानो गीतमा नृत्य गरेर सबैको मन जितेका थिए | कार्यक्रममा विधार्थीहरु द्वारा स्वरचित कविताहरु पनि पठन भयो | उक्त संस्कृतिक कार्यक्रममा विगत २०१० मा माध्यमिक परिक्षामा सर्व्श्रेष्ट अंक प्राप्त गर्ने विधार्थीहरुलाई संवर्धना जनाइयो भने विधालयका सर्वश्रेष्ठ अंक प्राप्तक तीन जना विधार्थीहरुलाई बी० एम० राई एण्ड सनस ट्रस्ट को तर्फबाट पारितोषिक अनुदान प्रदान गरियो | विधालयका पाँचौ देखि दशौ सम्मका विषयमा सर्वश्रेष्ठ तथा विभिन्न कक्षाका सर्वश्रेष्ठ अंक प्राप्तक विधार्थीहरुलाई प्रेरणा स्वरुप पुरस्कार प्रदान गरियो | खेल विभागको तर्फबाट रेमण्ड राईले अन्तरदलीय प्रतियोगिता लाते भकुण्डो विजय दल हरियो अनि पराजय दल पहेलोका खेलाडीहरुलाई साथै उत्कृष्ठ खेलाडी यसोफ राई , धेरै गोल गर्ने शेखर राई आदिलाई विभिन्न अतिथिवर्गको बाहुलीबाट पुरस्कार वितरण गरियो |
उक्त संस्कृतिक एवम पुरस्कार वितरण कार्यक्रममा मुख्य अतिथि रतन थापा, डी० भारती, प्रकाश चन्द्र राई आदिले सान्दर्भिक मिठो संभाषण राखे भने अन्तमा सभापतिले कार्यक्रमको प्रसंसा गर्दै समाप्त भएको घोषणा सुनाए |
Post a Comment
We love to hear from you! What's on your mind?