17th Gyalwa KarmapaThinley Thaye Dorje Opens Tamang Loshar in Kafer

कालेबुंग | डी० के० वाइबा: अखील भारतीय तामांग बौद्ध संघको आयोजनामा आज देखि तीन दिन व्यापी तामांग नयाँ वर्ष सोनाम लोशर कफेर जन मैदानमा शुरु भयो | यस अवसरमा मुख्य अतिथिका रुपमा बौद्ध धर्म गुरु १७ औ ग्याल्वा करमापा थिन्ले थाई दोर्जी उपस्थित थिए | बौद्ध धर्म गुरु करमापा थिन्ले थाई दोर्जीको बाहुलीबाट भारतको राष्ट्रिय झण्डा अनि पंचशील झण्डा उत्तोलन गरेपछि दीप जलन गरेर कार्यक्रमको उद्घाटन गरे | करमापाले कार्यक्रमको विधिवत उद्घाटन गरेपछि गत वर्ष १८ सितम्वरमा आएको विनाशकारी भुँइचालोमाज्यान गुमाउनेहरुको निम्ति पूजा गरेर मौन प्रार्थना गरियो | यस अवसरमा विशिष्ट अतिथिका रुपमा कोलकाता विश्वविधालयका डा० गायत्री भट्टचार्य उपस्थित रहेकी थिइन | तामांग समुदायको परम्परा र संस्कृतिमा शोध कार्य गरिरहेकी डा० गायत्रीले आफ्नो सम्बोधनमा तामांग नयाँ वर्ष सोनाम लोशरको सबैलाई शुभकामना व्यक्त गरिन | तिनले वर्तमान समयमा बढ्दो वैज्ञानिक संसाधनहरुको कारण तामांग सेलो  र डम्फु जस्ता सांस्कृतिक सामग्री भविष्यमा विलुप्त हुनसक्ने आशंका व्यक्त गर्दै यसको संरक्षण गर्नु पर्ने बताए | तिनले पहाडमा अनेकौ औषधीय पौदाहरु रहेको बताउँदै यस कुरालाई सरकारले ध्यान दिएर मेडिकल कलेज पहाडमा छुट्टै स्थापना गर्न सके धेरै फाइदा हुने बताए | यसै क्रममा पहाडको सौन्दर्य प्रति अनेकौ पर्यटकहरु आकर्षित भैरहेको तर बाटोहरुको अवस्था भने अत्यन्तै सोचनीय रहेको अनि उक्त बाटोहरु  सरकारले व्यवस्थित पार्न आवश्यक रहेको बताइन | हाल राज्यका मुख्य मन्त्री ममता ब्यनार्जीले पहाडको बिकाशको निम्ति अनेकौ योजनाहरु घोषणा गरेको बताउँदै उक्त घोषणाहरु पूर्ण भए पहाडको बिकाश राम्रो हुने थियो भन्ने थप बताइन | यसरी नै निमा थिंगले मानिसहरुले जात, धर्मको संकीर्णताबाट माथि उठेर मानवताको संदेश विश्वभरी बाड्नुपर्ने आह्वान गरे |

अर्कोतीर कार्यक्रममा मुख्य अतिथि कै रुपमा उपस्थित रहेका बौद्ध धर्म गुरु १७ औ करमापा थिन्ले थाई दोर्जीले बौद्ध ज्ञान र दर्शन बारे अव्गात गराए | तिनले मानिसहरुले आफ्नो धर्म कहिल्ये भुल्न नहुने बताउँदै धर्मले नै मानिसहरुलाई राम्रो बाटोमा दोहोराउने कार्य गर्ने गरेको बताए | कार्यक्रममा धर्मगुरुबाट आशिर्वाद ग्रहण गर्न भेला भएका भक्तहरुलाई सम्बोधन गर्दै मानव जीवनमा राम्रो कार्य गर्न सके मृत्यु पछि निर्वाण प्राप्त गर्न सक्ने बताए | बौद्ध धर्म विज्ञान सम्मत रहेको दाबी गर्दै बौद्ध धर्म दर्शन र व्यवहारिक दुवै मानिसहरुले आफ्नो जीवनमा प्रयोग गर्नुपर्ने तिनले थपे | मानिसहरुले इर्श्या, द्वेष जस्ता भावनाहरु त्यागेर भगवान बुधले देखाएको बाटोमा हिड्न सके जीवन सफल हुने करमापाले बताए | तिनले तामांग नयाँ वर्षको शुभकामना दिंदै भगवान बुधका वाणीहरु व्यवहारिक जीवनमा उतार्न पर्ने आह्वान गरे | कार्यक्रममा विभिन्न समुदायका
मानिसहरुले जातीय एवम सांस्कृतिक नृत्यहरु पनि प्रस्तुत गरे | कार्यक्रमको समापन पछि तिनले क्षेत्र कै बौद्ध गुम्बाको परिदर्शन गरेर पुजा पाठ गर्दै क्षेत्रमा शान्तिको कामना गरे |
Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.