कालेबुंग | डी० के० वाइबा: १७ औं करमापा विवादमा यसका एकजना दावेदार थिन्ले थाई दोर्जीले मुख खोलेका छन् | तिनले आज कफेरमा आयोजीत पत्रकार सम्मेलनमा १७ औं करमापा विवाद वारे आफ्नो मन्तब्य प्रकट गरे | बौद्ध धर्म गुरु १७ औं करमापाका रुपमा परिचित थिन्ले थाई दोर्जीले यस विवादले बौद्ध धर्मावलम्बीहरुमा भ्रम सृजना भएको स्वीकार गरे | करमापा विवाद धेरै अघिदेखि नै चद्केको भएतापनि यस विवाद साम्य हुने छाँट भने देखिएको छैन | करमापाका दावेदारी उगेन थिन्ले दोर्जी अनि थिन्ले थाई दोर्जी लगायत सिक्किमका पनि एकजना रहेका छन् | यस विवादलाई साम्य पार्न समयमा करमापा दावेदारीहरु माझ कठोर परिक्षण गराउनु पर्ने चुनौतीहरु करमापाका दावेदारीहरुले नै गरिरहेका छन् | यसै सन्दर्भमा १७ औं करमापाका एकजना दावेदार थिन्ले थाई दोर्जीले आज यदी सम्पूर्ण मानव जातिको कल्याणको निम्ति हो भने कुनै पनि परिक्षण हुन आवश्यक रहेको बताए | तिनले आफू १७ औं करमापा रहेको दाबी गर्दै आफूमाथि लाग्ने आरोपहरु साम्य गर्न कुनै पनि कठोर परिक्षणको चुनौती कसैले पनि दिन्छ भने त्यो परिक्षण गर्न आफू तयार रहेको बताए | यस विवादले मानिसहरुमा नकारात्मक सोच सृजना गरिरहेको बताउँदै करमापा दावेदारीहरु माझ कठोर परिक्षण हुँदा मानव जातिको कल्याण हुन आवश्यक रहेको बताए | हाल समय धेरै गैसकेको बताउँदै करमापा को हुन् भन्ने चिन्न परिक्षण धेरै अघि नै भएको हुनपर्ने पनि तिनले पत्रकारहरुलाई जनाए |

Post a Comment
We love to hear from you! What's on your mind?