कालेबुंग/डी० के० वाइबा : बढ्दो सडक दुर्घटना निर्मूल पार्न ट्राफिक पुलिसको आयोजनामा गत १ जनवरी देखि सप्ताहदिन व्यापी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भइरहेको छ | यस अवसरमा आज कालेबुंगका चालकहरु माझ दौड प्रतियोगिता सम्पन्न भयो | कार्यक्रमको शुरुवात पश्चिम बङ्गाल ट्राफिक आइ० जी० जगमोहन सिंहले हरियो झण्डा हल्लाएर उद्घाटन गरे | यहाँको नगरपालीका कार्यलय अघि देखि शुरु भएको चालकहरु माझको दौड प्रतियोगितामा मोठ ५२ जना चालकहरुले भाग लिएका थिए | मुख्य अतिथि ट्राफिक आइजीले हरियो झण्डा देखाएर शुरु भएपछि चालकहरु यहाँको मेन रोड, दश माइल फाटक हुँदै थाना डाँडा सम्म दौडिए | बिशेष शहरमा सडक दुर्घटना निर्मूल पार्न ट्राफिक पुलिसले चालकहरुको दौड प्रतियोगिता रहेका थिए | उक्त प्रतियोगितामा विजयी हुने प्रतियोगीलाई मुख्य अतिथि एवम अन्य अतिथिहरुको बाहुलीबाट पुरस्कार प्रदान गरियो | यस अवसरमा पत्रकारहरुसित बात गर्दै ट्राफिक आइजी जगमोहन सिंहले बढ्दो सडक दुर्घटना रोकथाम गर्न ट्राफिक सप्ताह पालन गरेको जानकारी गराए | तिनले ट्राफिक नियम बारे सम्पूर्ण चालकहरु लगायत जनसाधारण सचेत बन्नुपर्ने आह्वान गर्दै सचेत नभएकै कारण धेर दुरघट्ना हुने गरेको बताए | बिशेष चालकहरुले वाहन कुदाउँदा मोबाइल फोन प्रयोग गर्न नहुने अनि प्रत्येक दिन गाडीको कागज पत्र ठीक राख्नु पर्ने तिनले बताए | यसका साथै जनसाधारणले पनि ट्राफिक नियम प्रति जागरुक हुनपर्ने बताउँदै सडक पार गर्दा सतर्कता अपनाउन पर्ने जनाए | मानिसहरु सडक दुर्घटना हुँदा चालकवर्गलाई सोझै दोष दिने गरेतापनि यसमा जनसाधारणवर्गको पनि उत्तिकै भूलहरू हुने गरेको थप बताए | सडक पार गर्दा प्रत्येक दिन ट्राफिक सिग्नल अनि जेब्रा क्रस हेर्नु पर्ने तिनले आह्वान गर्दै यदी नियम पालन गरे सडक दुर्घटना कम हुने कुरा तिनले थप आशा व्यक्त गरे | यस अवसरमा तिनले सडक जामको समस्याहरु ट्राफिक नियम पालन नगर्दा नै धेर हुने गरेको बताए | उक्त कार्यक्रममा महकुमा अधिकारी एल० एन० शेर्पा , थाना प्रभारी प्रसाद प्रधान, अतिरिक्त पुलिस निरीक्षक सोंगमित लेप्चा आदिको बिशेष उपस्थिति रहेको थियो |
Post a Comment
We love to hear from you! What's on your mind?