छत्रे अनि बिमलको भेट पहाडमा नयाँ शक्ति गठन हुन नदिने चाल ?

डी के वाइबा:कालेबुंग 13 जनवरी। गोर्खाल्याण्ड अन्दोलनका क्रान्तिकारी नेता एव जीएलओ प्रमुख छत्रे सुब्बा अनि गोजमुमो प्रमुख बिमल गुरुंग रेली खोलाको बगरमा कृषी पर्यटन उत्सवको अवसरमा भेट भएको खबर प्रकाशमा आए पछि आज दिनभरी नै शहरमा मानिसहरु सोहि बिषयमा कुराकनी गरिरहेको सुनियो। चिया पसल देखि लिएर मोटर स्ट्याण्डसम्मा मनिसहरु सुब्बा अनि गुरुंग माझकै भेटवार्ता लिएर कुराहरु गरिरहेका थिए। यस बिषयलाई लिएर राजनैतिक खेमामा पनि निकै हलचल नै मच्चिएको छ। बिभिन्न रजनितिक दलका नेताहरुले समेत आज दुई नेताबिचको भेटघाट बारे चर्चा गरिरहेका थिए भने आज शहरमा मूल चर्चाको बिषयनै दुई नेताबिचको भेटघाट रहेको थियो। उक्त भेटघाट बिषयलाई लिएर खुफिया बिभाग समेत चनाखो भएको छ। घिसिंग हमलाकाण्डको आरोपमा पक्रा परेर लगभग 11 वर्ष जेल जीवन भोगि आरोपमुक्त बनेका सुब्बा घर आए देखिनै कुनै राजनैतिक गतिबिधि नचलाई बसेका छन। यद्यपी राजनैतिक परिवेशको भने गहन अध्ययन गरिरहेको सुब्बाले केहि समय अघि पत्रकारहरुलाई बताएका थिए। आरोपमुक्त बनेर घरमा बसेका सुब्बा आजसम्म कुनै कार्यक्रम समेतमा भाग लिएका छैनन। केहि दिन अघि मात्र युवा क्रान्तिकारी नेता अजय दहालको पुस्तक बिमोचन कार्यक्रममा मुख्य अतिथिका रुपमा सुब्बा उपस्थित हुने निश्चित भएको थियो तर अन्तमा तिनले उपस्थित हुन नसक्ने पत्र पटाएर कार्यक्रममा आएका थिएनन। यसरी पुस्तक बिमोचन कार्यक्रममा समेत नाआउँने छत्र सुब्बा अचानक रेलीको बगरमा पर्यटन बिभागको सक्रियता र गोजमुमोको प्रयासमा भईरहेको कार्यक्रममा पुग्नु अनि त्यसै माथि मोर्चा प्रमुख बिमल गुरुंग सित भेटघाट गर्नु निकै गम्भिर बिषय बनेको छ। दुई बिपरीत ध्रुवका नेताहरुको यस भेटघाटले पहाडका तमाम मानिसहरुलाई अनेकौ कौतुहलता खडा गरिदिएको छ। दुई नेताहरुको भेटघाटको खबर समचार पत्रमा छापिएको कुरा डलेलो जस्तै फैलिए पछि मानिसहरु समचार पत्र समेत खोजि खोजि पडिरहेका थिए भने राजनैतिक नेताहरु समेत समचार पत्र खोजन दौडिरहेको देखियो। दिनभरी सबैको मुखमा झुण्डिएको सुब्बा अनि गुरुंगको भेटघाट बिषय भंरे कुन उद्देश्यको निम्ति थियो भन्ने थाह हुन सकेको छैन।
      रेलीको बगरमा गुरुंग अनि सुब्बाले सुटुक्कै भेटे पनि मिडियाकर्मीहरुको क्यामारामा भने कैदहुनबाट जोगिन सकेनन। तिनीहरुको भेट बिषयलाई लिएर समचार प्रकाशमा आएको 12 घण्टा बित्न नपाई अनेकौ अडकलबाजी शुरु भएको छ। रेलीको बगरमा आयोजित कार्यक्रममा सुब्बा परिवारनै पुगेका थिए। यता मोर्चाप्रमुख बिमल गुरुंग पनि आफ्ना श्रीमतिकै साथ उपस्थित रहेका थिए। उक्त भेटघाट कार्यक्रममा घुम्दै गर्दा सयोगवस भएको मानिसहरुले बताईरहेको भएता पनि भेटघाट भने पुर्वनियोजित रहेको जस्तो देखिएको छ। जानकरी अनुसार पहिले त क़ृषी पर्यटन उत्सवमा छत्र सुब्बा घुमिरहेका थिए। सोहि समयमा उत्सवको मनोरंजन लिन गुरुंग पनि यताउता निस्किए अनि घुम्ने क्रममानै दुई नेताहरुको भेट भएको थियो। पहिलो भेटमा दुवै नेताहरुले हाथ मिलाएर एकार्कको परिचय साटे अनि सम्झनाको निम्ति फोटो समेत खिचे। तर यतिमानै दुवै नेताहरुको भेटघाट समाप्त नभएको सुत्रले जानकारी दिएअको छ। उक्त भेटघाट अवधिमा कालेबुंग नगर्पालीका अध्यक्ष एल बी परियार, नगर पार्षद रबी प्रधान, जायन लेप्चा, नरीमोर्चा कालएबुंग महकुमा समिति अध्यक्ष काजीम छिरिंग भोटीया लगायत थुप्रै मोर्चा नेताहरु रहेका थिए। तर यसबारेमा कसैले पनि मुख भने खोल्न नचाहेको कारण भेटघाटको कुरा अझ गम्भिर बनेको छ। सुत्रले बताए अनुसार दुई नेताहरुले लकभग आधा घण्टासम्म कफिहाउसमा बसेर कुराकानी समेत गरे। उक्त कुराकनीको अवधी भने केवल दुई नेताहरुको मात्र उपस्थिति रहेको सुत्रले अझ बताएका छन। तर दुई नेतामाझ भएको कुराकानी बारे भने केहि थहा पाउँन सकिएअको छैन। यता मोर्चा बिरोधि नेताले आफ्ना नाम नलेखिदिने अनुरोध गर्दै दुई नेताहरुको भेटघाट पुर्वनियोजित रहेको बताए। तिनले हाल पहाडमा एउटा नयाँ राजनैतिक दल गठनहुने हल्ला चलिरहेको अनि त्यो दल गठन गर्नेहरुको सुचिमा छत्र सुब्बाको नाम अग्र पंक्तिमा रहेको कारण मोर्चालाई डर भएर छत्रलाई आफ्नो पक्षमा ल्याउँने प्रयास गरेको हुनसक्ने श्ंका ब्यक्त गरे। मोर्चा प्रमुख बिमल गुरुंग अनि जीएलओ प्रमुख छ्त्र सुब्बाको भेटघाट सके पनि यस बिषयले भने पहाडको राजनीतिमा नयाँ मोड ल्याउँन सक्ने अनुमान राजनैतिक सचेतकहरुले लगाउँन शुरु गरेको छ। कसैले यो मोर्चाको पहाडमा नयाँ दल गठन हुन नदिनको नम्ति चालेको चाल हो भन्न शुरु गरेका छन भने कसैले आन्दोलनलाई सशक्त बनाउँन मोर्चामा सुब्बालाई समेल गराउँने प्रयास हुन भनिरहेका छन। जबसम्म दुवै नेताहरुले मुख खोल्दैनन ती सबै कुराहरु पुर्वानुमान मात्र हुनेछन अनि वास्तविकता भने अघि आउँने छैनन।
Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.