डी के वाइबा: कालेबुंग 14 जनवरी: के पहाडका गोर्खाल्याण्ड आन्दोलनका क्रान्तिकारी नेता छ्त्र सुब्बाले साँच्चै पुन राजनीति शुरु गर्ने हुन ? यदि आन्दोलननै गर्ने हुन भने कस्तो आन्दोलन गर्नेहुन् त ? सशस्त्र आन्दोलन गर्ने हुन कि बिमल गुरुंगले अनुशरण गरेकै गाँधीवादी आन्दिलन गर्ने हुन ? अहिले यो प्रश्न सबै मानिसहरुले गरिरहेका छन। रेली खोलाको बगरमा क्रान्तिकारी नेता छ्त्र सुब्बा अनि गाँधीवादी नेता बिमल गुरुंग माझको भेटघाटले थप मानिसहरुमा यो प्रश्न खडा गरिदिएको छ। आन्दोलन नगर्ने हुन भने केहि महिना देखि चर्चामा रहेको नयाँ दल गठन गर्ने हल्ला के हल्ला मात्र हुन ? कि नयाँ दल गठन गर्ने डरले मोर्चामा सामेल गराउँने प्रयास हुँदैछ ? सुब्बा अनि बिमल गुरुनगको भेटघाटले यस्ता अनेकौ प्रश्नहरु खडा गरिदिएको छ जुन प्रश्नहरुको उत्तर जान्न अहिले मानिसहरु आतुर रहेका छन। यता छत्र सुब्बाले बिमल गुरुंगसित रेलीको बगरमा भेट भएको कुरालाई सामान्य भेटघाट रहेको आज समचार पत्रमा छापा आए पछि भेटघाट बारे शुरु भएको बिभिन्न अडकलबाजी त समाप्त भयो तर जीटीए प्रेमी र गोर्खाल्याण्ड प्रेमी नेताहरुको राजनैतिक मिलन हुन सक्दैन भन्ने कुराले थप प्रश्नहरु खडा गरिदिएको छ। तिनले मोर्चा नेता बिमल गुरुंगलाई जीटीए प्रेमीको उपनाम दिदै आफुलाई गोर्खाल्याण प्रेमीको दाबी गरेका छन। तिनले गरेको गोर्खाल्याण्ड प्रेमीको दाबीले अझै तिनको मनमा गोर्खाल्याण्डको मोह रहेको स्पष्ट बनेको त छ नै तर के यो तिनको मोह मात्रै हो भन्ने जटिल प्रश्न पनि अल्झेको छ। तिनी बिगत गोर्खाल्याण्ड आन्दोलनका योद्धा हुन भन्ने कुरा त सबैलाई थाह भएकै कुरा हो तर तिनको गोर्खाल्याण्ड प्रतिको मोहलाई साकर रुप दिन अब आन्दोलनकै बाटोमा हिड्ने हुन कि होईनन भन्ने प्रश्न जटिल त छँदैछ तर यो भन्दा धेर जटिल प्रश्न भने तिनको राजनैतिक जीवन अब कुन मोडमा पुग्ने हो भन्ने रहेको छ । उक्त प्रश्न बारे सुब्बाले स्पष्ट बताउँन चाहेका छैनन। जेलमुक्त बनेर घर आएका समयमा तिनले हालै राजनीति गर्ने चाह छैन भनेका थिए तर राजनीति छोडने कुरा भने भनेका थिएनन। हाल तिनको गतिबिधि बुझ्दा तिनले गोर्खाल्याण्डको निम्ति राजनीति गर्ने मोह भने अझ त्यागेका छैनन।
सुवास घिसिंगले अस्सीको दशकमा शुरु गरेको हिंसात्मक गोर्खाल्याण्ड आन्दोलन कालमा पहाडमा घिसिंग पछि दोस्रो चर्चित नेता जीएलो प्रमुख छत्र सुब्बा तिनै घिसिंग हमलाकाण्डमा जेल परे। लकभग 11 वर्ष जेल बसेर आरोप मुक्त छत्र सुब्बा अहिले पुन: चर्चामा आउँन थालेका छन। जेल बसेर आरोपमुक्त बनेका सुब्बाले गोरामुमो प्रमुख सुवास घिसिंगले दागोपापमा सम्झौता गरेपछि तिनी संग सम्बन्ध तोडे अनि गोर्खाल्याण्ड आन्दोलन चर्काउँन गोर्खा लिबरेसन अर्गनाईजेसन पार्टी खोले। 10 फरवरी 2001 मा पक्रा परेका सुब्बा 9 सेप्टेम्बर 2011 को दिन आरोप मुक्त बने पछि पहाडमा तिनले पुन राजनैतिक आन्दोलन शुरु गर्ने हुन कि ? भन्ने चर्चा शुरु भएको थियो। तर तिनले अहिले नै राजनीति गर्ने चाह नभएको पत्रकारहरुलाई बताए पछि सबै अडकलबाजी समाप्त भएको थियो। समयको गतिशिलतामा राजनीति गर्न चाह नभएको बताउँने सुब्बाले राजनैतिक परिस्थितिको भने अध्यन गरिरको समय समयमा बताउँदै गरिरहेकै समयमा कुनै ब्यवस्थाले गोर्खाहरुको समस्या समाधान गर्न नसक्ने अनि आफुले आन्दोलन गर्दा यस्ता ब्यवस्थाहरुको सरकारबाट थुप्रैपल्ट अफर आएको तर मुद्दा बेचिन भन्दै जीटिएको आलोचना गरेपछि तिनको चर्चा बडेको थियो। यसरी चर्चामा पुन आउँन शुरु गरेका सुब्बा नयाँ राजनैतिक दल खोल्ने तरखरमा रहेको कुरा केहि समय अघि निकै चर्चामा आए पछि झन तिनको चर्चा बडेको थियो। पहाडमा नयाँ राजनितिक दलको रुपमा उदय हुने दलको नेतृत्व छत्र सुब्बाले गर्छ भन्ने हल्ला बडेपछि मोर्चा नेताहरु समेतले गिद्धे नजर गाडन शुरु गरेको थियो। लक भग 11 वर्ष जेल बसेका 71 वर्षिय छत्र सुब्बाले गोर्खाल्याण्ड आन्दोलन गर्ने हल्ला बडेपछि मोर्चालाई ब्यापक प्रभाव पर्ने सम्भावना त बडेकै थियो यस्तैमा नयाँ दल गठन गर्नेहरुको गुप्ति बैठकहरु भईरहेको कुराले झन पहाडको राजनीतिमा नयाँ मोड आउँने ब्यापक सम्भावना रहेको थियो। यस्तै अनेकौ सम्भावना र अडलकबाजीहरु बिच छत्र सुब्बा र बिमल गुरुंगको रेलीको बगरमा भएको भेटले अनेकौ नयाँ प्रशनहरु खडा गरिदिएको छ। के साच्चै गोर्खाल्याण्ड प्रेमी छत्र सुब्बा र बिमल गुरुंगको राजनितिक मिलन हुन सम्भव छैन भन्ने कुरा जान्न अहिले सम्पूर्ण मानिसहरु उत्सुक रहेका छन अनि हेर्नु छ यसबारे मोर्चा नेता बिमल गुरुंगले कहिले मुख खोल्ने हुन भनेर ।

Post a Comment
We love to hear from you! What's on your mind?