मंग्पू/केशर मोक्तान: स्थानीय जोगीघाट मैदानमा मंग्पू लाटपन्चर युवा मोर्चा समष्टिको आयोजनामा आकस्मिक सभा समष्टि अध्यक्ष शेखर थापाको अध्यक्षतामा सम्पन्न भयो | सुजम छेत्रीले संचालन गरेको उक्त सभामा विभिन्न शाखाका प्रतिनिधिहरुलाई सभाको औचित्य स्पष्ट पार्दै युवा मोर्चा मंग्पू लाट पन्चर समष्टिका अध्यक्ष शेखर थापाले आगमी कार्यक्रमको क्रममा सर्वप्रथम हस्ताक्षर अभियान प्रत्येक जोनले यथासिग्रह गराएर २४ जनवरी भित्र युवा मोर्चा मंग्पू लाट पन्चर समष्टिलाई बुझाउने अनुरोध गरे | अबको आन्दोलन वैचारिक आन्दोलन भएको हुनाले विगत १८ दिसम्बरमा मंग्पूमा युवा मोर्चा केन्द्रिय समिति द्वारा आयोजना भएको विराट जनसभामा सार्वजनिक गरिएको पत्रिका र भिडियो सीडी पनि आन्दोलनको सन्दर्भमा रहेको र त्यही वैचारिक आन्दोलनको उदाहरण हो भनी सभालाई जानकारी गराए | अब समष्टिको मासिक सभा हुने र केन्द्रिय समितिले महाकुमा समिति र महकुमा समितिले समष्टिलाई दिएको निर्देश अनुरुप जोन र शाखाहरुले समष्टिले दिएको कार्यक्रमलाई मध्यनजर राख्दै अनुशासित ढंगमा अघि बढ्ने निर्देश दिए |
सभालाई सम्वोधन गर्ने क्रममा बिशेष रुपमा उपस्थित हुने युवा मोर्चा समष्टिका सलाहकार डिगेल लेप्चाले सम्पूर्ण युवावर्गलाई एकत्रित हुने र जस्तो मंग्पू लाटपन्चर समष्टिको छवि केन्द्रिय समितिसम्म छ त्यसलाई यथावत राख्ने सुझाउ व्यक्त गरे | मंग्पू लाट पन्चर समष्टिका उपाध्यक्ष अनित खातीले मासिक रुपमा सभा गरेर सम्पूर्ण युवा एकजुट भइ रहने विचार राखे | अन्य वक्ताहरुमा युमो मंग्पू जोनका सभापति दयानन्द राई, सिटोंग शेल्पूका प्रतिनिधि एवम उपाध्यक्ष समष्टि अरुण खवास, प्रमोद खवास, सिटोंग २ ब्लक कमिटि अध्यक्ष , लाट पन्चर ब्लक कमिटि अध्यक्ष विजेन्द्र बस्नेत , सिटोंग १ सचिव सुरज खवास , सुशील सुब्बा, सह सचिव मंग्पू लाट पन्चर समष्टिले आ- आफ्नो मन्तव्य पेश गरे | उक्त जानकारी मंग्पू लाट पन्चर समष्टिका उपाध्यक्ष अनित खातीले प्रेस विज्ञप्ति मार्फत जनाएका छन् |

Post a Comment
We love to hear from you! What's on your mind?