स्वतन्त्रता सेनानी शहीद दल बहादुर गिरी प्राय: विस्मृतिको गर्भमा

कालेबुंग | डी० के० वाइबा: " पहाडी गान्धी" नामले परिचित स्वतन्त्रता सेनानी शहीद दल बहादुर गिरी अहिले कालेबुंग शहर कै मुटु मानिने थाना डाँडामा उभिएर पनि अपिचिरित बन्दै गइरहेका छन् | शहीद दल बहादुर गिरी अंग्रेज शासनको विरुद्ध लड्ने स्वतन्त्रता सेनानी हुन् | तिनको जन्म ८ मार्च १८८७ मा दार्जीलिंगमा भएको थियो | आमा कृष्ण माया देवी अनि बाबा शिवलाल गिरीका माइला छोरा दल बहादुर गिरी ३६ वर्ष सम्म मात्र बाँचे | अल्प आयुमा  तिनको मृत्यु भएतापनि तिनले देश स्वतन्त्रको आन्दोलनमा आफुलाई समर्पित गरे | तिनको जन्म दार्जीलिंगमा भएको भएतापनि संन् १९१६ मा तिनी कालेबुंग आए | यसै क्रममा तिनी राजनैतिक पार्टी कांग्रेसमा लागेर स्वतन्त्रता आन्दोलनमा होमिए | कांग्रेसको दिल्ली, बम्बे, नागपुर कन्फरेन्समा भाग लिए पछि संन् १९२० मा तिनले पेदोंगमा कांग्रेस पार्टी कार्यलय खोलेर पहाडमा कांग्रेस पार्टीको बिस्तार र स्वतन्त्रता आन्दोलनलाई अघि बढाउन थालेका थिए | यसै क्रममा देश भरी चर्केको स्वतन्त्रता आन्दोलनमा तिनी सक्रिय भएर लागी परे | अंग्रेज विरुद्ध चलेको आन्दोलनमा भारतका राष्ट्रपिता महात्मा गान्धी पक्रा परेपछि विरोध गर्दा सन् १९२१ , जून २७ तारिख तिनी पुलिसको हात परेर छुटे | त्यसपछि तिनलाई पुन: नोभेम्बर १९२१ मा पुलिसले पक्राउ गरेर हुगली जेल पठाईयो | हुगली जेलमा केहि दिन राखे पछि तिनलाई पुन: बहरमपुर्  केन्द्रिय जेलमा पठाईयो | अंग्रेज शासनको विरोध गर्दै स्वतन्त्रता आन्दोलनमा आफैलाई समर्पित गर्ने पहाडी गान्धी दल बहादुर गिरीको ९ नोभेम्बर १९२४ को दिन मृत्यु भयो | 

स्वतन्त्रता सेनानी शहीद दल बहादुर गिरीको मृत्यु पछि महात्मा गान्धीले १३ नोभेम्बर १९२४ मा शोक समवेदना प्रकट गर्दै तिनका परिवारलाई पत्रचार गरेका थिए | तिनले शहीद दल बहादुर गिरी " बीर राष्ट्रिय सपुत थिए " भनी लेखेका छन् | तिनको मृत्यु पछि देश स्वतन्त्रताको निम्ति तिनले दिएको योगदानको कदर गर्दै कालेबुंगको थाना डाँडामा तिनको सलिग स्थापना गरिएको छ | लकभक एक लाख पचास हजार खर्चमा निर्माण गरिएको उक्त सलिग अहिले शहरको मुटुमा नै उभिएर पनि विस्मृतिको गर्भमा लुकेको छ | उक्त सलिग अनावरणको दिन अल इन्डिया फ्रिडम फाइटर फेडेरेसनका सचिव दलजित सेनले दल बहादुर गिरीको योगदान भगतसिंह र चन्द्र शेखर आजदको भन्दा कम छैन भनेका थिए | तर आज ती कहलाएका पहाडी गान्धी शहर कै मुटुमा भएर पनि नभएको बराबर छ | प्रत्येक वर्ष १५ अगस्तको दिन स्वतन्त्रता दिवस र २६ जनवरीको दिन गणतन्त्र दिवस देशभरी पालन गरेर स्वतन्त्रता सेनानीहरुको सम्झना गरिने गरिन्छ भने कालेबुंगको थाना डाँडामा उभिएको स्वतन्त्रता सेनानीको भने कुनै कदर नै छैन | भर्खरै ५ दिन अघि मात्र देश भरी गणतन्त्र दिवस पालन गरियो | यसै क्रममा कालेबुंगको मेन रोडमा पनि गणतन्त्र दिवस पालन गरियो भने यसै शहीद दल बहादुर गिरी उभिएको सलीग भएर गणतन्त्र दिवसको परेड हिडेको थियो | तर उक्त सलीगमा न त फूल माला नै चदाईयो न त तिरंगा झण्डा नै लगाईएको थियो | कालेबुंगमा गणतन्त्र दिवस नयाँ तरिकाले गर्ने जोशमा महकुमा अधिकारीले समेत स्वतन्त्रता सेनानीको सम्झना गर्न बिर्से | फलत: अहिले स्वतन्त्रता सेनानी शहीद दल बहादुर गिरीको हातमा राष्ट्रिय झण्डा होइन तर क्षेत्रीय पार्टीको दलीय झण्डा फरफराईरहेको छ | विज्ञापनको होडमा कुदेका कम्पनीहरुले आफ्नो कम्पनीको विज्ञापन गरेर मानिसहरुलाई आकर्षित पार्न शहिद गिरीको सलीग नजिक निर्मित ट्राफिक पुलिस उभिने स्थानमा अग्लो होडिङ लगाउन ठाउँ बनाएको छ | जसको कारण अहिले स्वतन्त्रता सेनानीको उक्त अग्लो सलीग समेत हेर्नलाई चियाउने ठाउँ खोज्नपर्ने भएको छ | 

कालेबुंग शहरमा आउने प्रत्येक मानिसहरु उक्त सलीग भएर आउछन्  अनि जाने गर्छन | सरकारी अधिकारी, जन प्रतिनिधि सबै उक्त स्थान भएरै दैनिक ओहोर दोहोर गर्छन | तर कसैलाई पनि स्वतन्त्रता सेनानी शहीदको सलीग बारे सोच्ने फुर्सद छैन | यदी हुँदो हो भने आज उक्त सलीगमा क्षेत्रीय राजनैतिक पार्टीको दलीय झण्डा निश्चय पनि हुने थिएन | अनि न त सलीग नै छोप्ने गरी विज्ञापनका होर्डिङ नै हुने थियो |
Read latest post filed under blog article

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.