दार्जीलिङ पहाडका कृषकहरुको टोलिले कृषि मन्त्री शरद पावरलाई भेटे

डी के वाइबा: कालेबुङ 30 ज़नवरी: दार्जीलिंग पहाडका कृषकहरुको एक टोलिले कृषि मन्त्री शरद पावरलाई भेट गरेर ज्ञापन चडाएका छन। टोलीलाई प्रतिनिधित्व गरेर गएका कालेबुङ कृषक महासंघका महासचिव विष्णु छेत्रीले कृषि भवनमा कृषि मन्त्री शरद पावरलाई एउटा ज्ञापन चढाए भने दार्जीलिङ जिल्लाका विभिन्न प्रान्तबाट गएका कृषकहरूको एक टोलीले दिल्लीमा भारतीय कृषि अनुसन्धान पर्षदका महानिदेशक डा. अयप्पनसित भेट गरेर दार्जीलिङ जिल्लालाई उत्तरपूर्वि क्षेत्रमा अन्तरभुक्त गर्नुपर्ने माग गरेको छ। दार्जीलिङ जिल्लाका कृषकहरूले पनि सिक्किमका कृषकहरूले झैं सुविधा पाइनुपर्ने सम्बन्धमा शरद पारवरसित सङ्गठन टोलीले कुराकानी गरेको बिष्णु छेत्रीले जानकारी दिएका छन । दार्जीलिङ जिल्ला कृषि प्रधान क्षेत्र रहेको मात्र होइन, कृषिको निम्ति उत्तम वातावरण रहेको अनि यहॉंका कृषकहरूले सुविधा रसहुलियतहरू नपाएको कारण नै देशको मूलधारामा अन्तरभुक्त हुन नपाएको स्थिति पनि मन्त्रीलाई अवगत गराइएको तिनले जनकारी दिए। छेत्रीले भने, सिक्किमलाई भारतीय कृषि अनुसन्धान पर्षद उत्तरपूर्वि क्षेत्रभित्र लगाइएको छ, यद्धपि दार्जीलिङका कृषकहरू पनि सिक्किमका कृषकहरू झैं अवहेलित र सहुलियत बञ्चित छन्‌। यसकारण दार्जीलिङलाई पनि भारतीय कृषि अनुसन्धान पर्षद उत्तरपूर्वि क्षेत्रभित्र अन्तरभुक्त गरिनुर्ने माग गरिएको हो। शरद पावरले यस सम्बन्धमा शीघ्र नै कुनै पहल गरिने आश्वासन टोलीलाई दिएका छन्‌। यसै अवसरमा सङ्गठनले गरिने भनिएको कृषि मेलाको निम्ति कृषि मन्त्री शरद पावरलाई मुख्य अतिथिको निम्तो पनि गरिएको छ। यसैबीच टोलीले भारतीय कृषि अनुसन्धान पर्षदका महानिदेशक डा. अयप्पनसित भेट गर्दै यसै सम्बन्धमा ज्ञापन चढाएको छ। दार्जीलिङ जिल्लामा स्थापित राष्ट्रिय अर्किड रिसर्च सेन्टरमा केवल अहिलेसम्म शोध मात्र गरिएको तर अहिलेसम्म अर्किडलाई नगद फसलकोरुपमा स्थापित गर्न नसकिएको सम्बन्धमा टोलीले कुराकानी गर्‍यो। अर्किडलाई नगद फसलकोरुपमा स्थापित गर्न सकिने अनि 12 वर्षदेखि केवल एकैजना वैज्ञानिकले मात्र यस केन्द्रमा कार्य गरिरहेकाले कृषकहरूले यसबाट पर्याप्त लाभ पाउन नसकिरहेको सम्बन्धमा अयप्पनसित कुराकानी गरियो। सङ्गठनले अर्किडलाई नगद फसलकोरुपमा स्थापित गर्नेको निम्ति मोडल योजनाहरू तयार पारिनुपर्ने माग पनि राख्यो। अयप्पनले यस मागलाई सकरात्मकरुपले लिँदै यस सम्बन्धमा शीघ्र नै पहल गरिने बताए। अयप्पनसित टोलीले कालेबुङमा रहेको भारतीय कृषि अनुसन्धान केन्द्रमा प्रिन्सिपल साइन्टिस्टको पद्मा शीघ्र नै नियुक्त गर्नुपर्ने माग गरेको छ। अर्कोतिर डा. केबी पुनलाई यस कन्द्रमा नै पुनर्वहाली गर्नु पर्ने माग पनि राखेको छ। सङ्गठनका महासचिव विष्णु छेत्रीले बताए अनुसार यस केन्द्रमा चारवटा पद् रिक्त छन्‌। सबै पद्मा शीघ्र नै नियुक्ति गरिनुपर्छ। तिनले अयप्पनसित कुराकानी गर्दै पदमा नियुक्तिको माग गरेका छन्‌ भने यसै सेन्टरबाट नै अदुवा, अलैंची, सुन्तलाको निम्ति कृषकहरूलाई प्रशिक्षण, निःशुल्क जैविक औषधी अनि बीऊ विरुवा प्रदान गरिनुपर्ने माग पनि गरेका छन्‌। डा. अय्यपनले यस सम्बन्धमा  पहल गर्ने आश्वासन दिएको तिनले थप बताए। डा. अय्यपनले आफुलाई दार्जीलिंग बारे राम्रो जानकारी नभएको बताउँदै यसबारे चाँडै पहल गर्ने आश्वासन दिएको छेत्रीले थप बताए। केन्द्र सरकारले पहाडका कृषकहरुका निम्ति सिक्किम राज्यलाई जस्ता सहुलियतहरु प्रदान गरिरहेको छ त्यस्तै सहुलियतहरु प्रदान गरे कृषकहरुका आर्थिक सुधार हुने थियो भनि तिनले बताए। यस बारेमा सरकारबाट सकारत्मक पहल हुने कुरामा आशावादी रहेको तिनले बताएका छन।
Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.