३७ लाखमा एनएचपीसी द्वारा मंग्पू जन मैदानलाई स्टेडियम बनाउन शुरु

मंग्पू | केशर मोक्तान: टिस्टा जल विध्युत परियोजना चरण तीनको निर्माण कार्य एनएचपीसीले शुरु गरेदेखि यता परियोजना वरिपरिका गाउँ बस्तीहरुमा थुप्रै विकाश मुलक कार्यहरु गर्दै आइरहेको छ | एनएचपीसीले रम्बी बजार, मंग्पू, २९ माइल , सुरुक समथर, देउराली लगायत अन्य क्षेत्रहरुमा सार्वजनिक भवन, सडक, सौचालय, मन्दीर, गुम्बा, स्कूल आदि निर्माण गरिसकेका छन्  भने हालै मंग्पू  जन मैदानलाई स्टेडियमको रुप दिनको निम्ति एनएचपीसी द्वारा ३७ लाख रुपियाँ अनुमोदन गरिएको परियोजनाका एक अधिकारीले बताएका छन् | उक्त राशी टिस्टा जल विध्युत परियोजना चरण तीनका पुर्व अभियन्ता सहदेव खटुवा अनि हालका परियोजना प्रभारी जेनरल म्यानेजर राजीब कुमार वर्माको प्रयाशमा उपलब्द भएको जानकारी छ | एनएचपीसीले सामाजिक कल्याण कोषबाट मंग्पू  जन मैदानलाई अझ विकशीत गर्नको निम्ति ३७ लाख अनुमोदन गरिएको थाहा लागेको छ | अंग्रेजको शासनमा निर्मित मंग्पू जन मैदानलाई चौडादार गर्ने काम युद्ध स्तरमा भइरहेको छ | मैदान चौडादार गर्नको साथ साथै मैदान वरिपरी दुई तले पेभिलियनको पनि निर्माण गरिने भएको छ भने अब मंग्पूको जनताले पेभिलियनमा बसेर नै विभिन्न खेलकूदको आनन्द उठाउन सक्नेछन् | अहिले घरि मैदानको भित्ता जे० सी० बी० द्वारा काट्न शुरु गरिएको छ | मैदानको चौडाई ७० मिटर अनि लम्बाई १०० मिटर भन्दा अधिक रहने स्थानीय ठेकदारहरुद्वारा जानकारी छ | यस्तै प्रकारले उक्त रकम भित्र दुई तले भवन पनि निर्माण हुनेछ भने त्यस भवनको माथिलो तलामा स्टेज अनि तल्लो तलामा खेलाडीहरुको सुविधाको निम्ति स साना कोठा तथा स्पोर्ट्स कार्यलय निर्माण गरिने भएको छ |
Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.