लिंग्से ग्राम पंचयात घटनाकाण्ड: राजनैतिक दोषारोपण शुरु

कालेबुंग/डी० के० वाइबा: लिंग्से ग्राम पंचयात कार्यलयमा भएको घट्नाकाण्डले बिस्तारै राजनैतिक हिलो छेपाई शुरु भएको छ | उक्त घट्नामा कर्मचारी घाइते भएको विरोध गर्दै कर्मचारी संगठनले कालेबुंग महकुमाको तीन वटा खण्ड विकाश कार्यलय अनि ४२ वटा ग्राम पंचायत कार्यलय बन्द डाकेको सन्दर्भमा क्रामाकपाले विरोध गर्दै उक्त बन्द दोषीहरुको दोष लुकाउने खेल रहेको आरोप लगाएको थियो | यस सम्बन्धमा जनमुक्ति कर्मचारी संगठनले क्रामाकपा प्रति प्रतिक्रिया जनाएको छ | संगठनका अध्यक्ष विक्रम सुब्बाले आज पत्रकारहरुलाई सम्बोधन गर्दै क्रामाकपाको आरोप निराधार रहेको दाबी गरे | संगठनले क्रामाकपालाई जनआधार नरहेको पार्टीको संज्ञा  दिंदै यस्ता जनता विहिन पार्टीहरुले जनता भड्काउन शान्ति शृंखला भंग गर्ने कोशिश गरिरहेको आरोप लगाए | क्रामाकपाले घटनाको वास्तविकता नबुझी टिप्पणी गरेको बताउँदै यस्ता पार्टीका नेताहरुले पहिले कुरा बुझेर मात्र टिप्पणी गर्नुपर्ने सुझाउ राखे | कर्मचारीवर्गले कसैलाई पनि पार्ने कार्य नगरेको स्पष्टिकरण दिंदै निस्वार्थ सेवा गर्ने कर्मचारीहरुलाई विनाकारण दोष देखाएर कुटपिट गर्नु निन्दनीय रहेको बताए | समाजमा रहेका कुतत्वहरुको कारण कर्मचारीहरुको सुरक्षामा प्रश्न चिन्ह खडा भएको बताउँदै जनताको काम गर्ने कर्मचारीवर्गलाई कसले सुरक्षा दिने भनी प्रश्न तेर्साए | यसै क्रममा सुब्बाले कतिपय स्थानहरुमा कर्मचारीहरुले जनतालाई दुख दुने कार्य गरे त्यसको सम्बन्धित निकायमा उजुरी दिनुपर्ने सुझाउ दिंदै बिनाकारण कुटपिट र पैसा खायो भन्ने दोष लगाउन नहुने तिनले माग गरे | क्रामाकपाले लिंग्से ग्राम पंचायतका जनताहरु जागेर भ्रस्टचारको विरोधमा निस्के भन्ने कुराको विरोध गर्दै क्रामाकपाले समाजमा गुण्डा गिरि गर्नेहरुलाई मनोबल बढाउने कार्य गरिरहेको सुब्बाले थप आरोप लगाए |
Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.