कालेबुंग महाविधालयले पुस्तकालय भवन निर्माणको निम्ति नियम अनुरुप टेन्डर गरेको छैन

कालेबुंग | डी० के० वाइबा: कालेबुंग महाविधालयमा पुस्तकालय भवन निर्माणको निम्ति राज्य सरकारबाट ८० लाख रुपियाँ अनुमोदन भएर पनि भवन निर्माणको निम्ति कलेज कर्तिपक्षले नियम अनुरुप टेन्डर नगरेको माकपा नेता तारा सुन्दासले आरोप लगाएका छन् | तिनले उक्त विषयमा केही महिना अघि कुरा निकाल्दा कलेज पक्षसंग निक्कै विपद समेत बढेको थियो | सरकारी नियम अनुरुप उक्त कार्यको निम्ति कलेज पक्षले टेन्डर आमन्त्रण गर्नु पर्दछ तर कलेज पक्षले केही महिना अघि बिना टेन्डर पुस्तकालय भवन निर्माण गर्ने पहल गरेको थियो | सोही विषयमा माकपा नेता सुन्दासले आपत्ति जनाउँदा भवन निर्माणको कार्य हुन सकेको थिएन | तिनले सरकारी पैसाको दुरुपयोग हुन नपाउने माग गर्दै सरकारी नियम अनुरुप टेन्डर गर्नुपर्ने माग गरेको थियो | यसै सम्बन्धमा कलेज पक्षले पुस्तकालय भवन निर्माणको निम्ति टेन्डर गरेको तर उक्त टेन्डर सरकारी नियम अनुरुप नगरेर आफ्नो गल्ती ढाकछोप गर्ने पहल गरेको तिनले आरोप लगाए | सरकारी पैसाको प्रयोग गर्नलाई हुने पनि समाचार पत्रमा टेण्डरको सुचना जारी गर्नुपर्ने नियम हुँदा हुँदै कलेज पक्षले यस्तो नगरेर उक्त पैसाको सही प्रकारले प्रयोग गर्न नखोजेको तिनले आरोप लगाए | विधार्थीहरुको निम्ति आएको पैसाले विधार्थीहरुको हितमा कलेज कार्तिपक्षले राम्रो कार्य गर्नुको साटो उक्त सरकारी पैसाबाट सुद बसुली गर्ने कार्य गरिरहेको आरोप लगाउँदै विधार्थीहरुको हितमा राम्रो काम हुनपर्ने माग गरे | यदी राम्रो काम नगरेको खण्डमा न्यायलयमा मुद्दा दर्ता गर्ने तिनले चेतवानी समेत दिएका छन् | यसै क्रममा सुन्दासले एनबीएसटीसी कर्मचारीवर्गको समस्याको उठान गर्दै कर्मचारी संगठनले सही काम गर्नुपर्ने सुझाउ दिएका छन् | राज्य सरकारले एनबीएसटीसी कर्मचारीहरु छाट्ने प्रतिक्रिया गरिरहेको बताउँदै पहाडका कर्मचारी संगठनहरुले यी कर्मचारीहरुको हितमा आन्दोलन गरेर सरकारलाई दबाउ दिने कार्य गर्नु भनी सुझाउ दिए |
Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.