छत्र सुब्बाको भ्रमण | जनता फेरि एकपल्ट सोच्न बाध्य

डी के वाइबा: कालेबुङ २८ जनवरी; दार्जीलिङ पहाडका जनताहरुले बिगत देखि बर्तमान सम्म गोर्खाल्याण्ड राज्यको सपना सजाएर बाँचेका छन्। तर, त्यो सपना काहिले पुरा होला भन्नेकुरा चाहीँ न त जनतालाई थाह छ न त नेताहरुलाई नै थाह छ। गोर्खाल्याण राज्यको माग गर्दै अनेकौं नेताहरु पहाडमा जन्मिए तर आजसम्म कसैले पनि पार लगाउँन भने सकिरहेको छैन। जसको कारण गोर्खाल्याण्डको मुद्दा आकाशको फल आखाँ तरि मर भन्ने उखान चरितार्थ बनेको छ। घरि घरि गोर्खाल्याण्डको मुद्दामा ठगिएका पहाडका जनता अहिले राजनैतिक नेताहरुको रासलिला हेरिरहेका छन् । बिगतमा गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) प्रमुख सुवास घिसिङले पहाडमा चलाएको गोर्खाल्याण्ड आन्दोलनमा पहाडका जनताहरु होमिए तर गोर्खाल्याण्ड राज्य भने बनिएन बरु केवल १२ सय मानिसहरु शहिद मात्र बने। घिसिङले सुरु गरेको हिंसात्मक आन्दोलनले १२ सय शहिद बनाएर दागोपाप ल्यायो अनि दागोपापलाई तिनले बाघको बच्चा डमरु भने। जनता डमरु बडेर बाघ हुने आशामा २१ वर्षसम्म बसे तर त्यो डमरु बाघ हुन सकेन अनि सोहि कुरा बुझेर सुवास घिसिङले दागोपापलाई ग्यारेजमा थन्काउँनु पर्छ भन्दै छैटौं अनुसुचिको मुद्दा उठाए। अन्तमा त्यहीं छैटौं अनुसुचिको मुद्दाले तिनी पहाडबाटै बिस्थापित बन्न परे। गोरामुमो प्रमुख सुवास घिसिङ एण्ड कम्पनि पहाडबाट खेदिए पछि गोजमुमोले छुट्टै राज्य गोर्खाल्याण्ड ल्याउँने आशामा सम्पूर्ण पहाड तराई डुवर्सका मानिसहरु सडकमा ओर्लिए तर ४४ महिना पछि मोर्चाले पनि छुट्टै राज्य गोर्खाल्याण्ड नल्याएर जीटीएमा सम्झौता गरेको छ। जीटीए छुट्टै राज्य प्राप्तिको निम्ति पहिलो खुड्किलो रहेको मोर्चा नेताहरुले अगावै दाबी गरिसकेको छ तर राज्य प्राप्तिको पहिलो खुड्किलो भनेर दाबी गरेको जीटीए पनि सम्झौता भएको ६ महिना पुरा गरिसक्दा समेत लागु नभएको कारण अहिले पहाडका मानिसहरुमा दिनोदिन असन्तुष्टि सृजना भईरहेको छ। यसैबिच अनेक राजनैतिक उतार चडावहरुमा पहाडले स्वीजरल्याण्ड बनिने आश्वासन पायो अनि त्यो आश्वासनको पोका कहिले पुरा हुने हुन् भन्ने स्वय आश्वासन दिने मुख्य मन्त्री समेतलाई सायदा थाह छैन।अहिले घरी दार्जीलिङ पहाड न त स्वीजरल्याण्ड बनिन सकेको छ न त गोर्खाहरुका चहाना गोर्खाल्याण्ड नै बनिन सकेको छ। यतिमात्र नभएर १८ जुलाईको दिन सम्झौता भएको जीटीए समेत कार्यन्वय नहुँदा मानिसहरुमा दिनो दिन असन्तुष्टिको भावना जागिरहेको छ। गोरामुमो प्रमुख सुवास घिसिङले २१ वर्षसम्म दागोपापमा राज गरेपछि मानिसहरुमा बडेको असन्तुष्टि गोजमुमोको उदय हुँदा भुकम्प जस्तै बिष्फोट भयो। जसको कारण नेताहरु नै पाहड छोडेर भाग्न परेको थियो। यता गोजमुमोको उदय पछि दार्जीलिङ पहाडका जनताहरुले सजाएको छुट्टै राज्य गोर्खाल्याण्डको सपना पनि ४४ महिनाको आन्दोलन पछि लक भग सेलाएको निश्चित छ। यस्तो अवस्थामा पहाडका जनताहरु अहिलेघरि ४४ महिनाको आन्दोलनले ल्याएको उपलब्धि कार्यन्वय नहुँदा नेताहरुको बिश्वास गुमाउँदै गईरहेको छ। नेताहरुको लहै लहैमा पर्ने जनताहरु गोर्खाल्याण्डको मुद्दामा अझ कतिदिन ठगिन पर्ने हो त्यो कसैले किटान गर्न सक्तैन।
      नेताहरुको आश्वासनको पोका पाएका दार्जीलिङको रुप कहिले वास्तविक फेरिने हुन् भन्न नसकेता पनि अहिले घरि पहाडमा सुवास घिसिङको समय कालका आफुलाई जङ्गी नेताका रुपमा परिचित गराउँने छत्र सुब्बा दिनो दिन समचार पत्रहरुमा चर्चाको बिषय बन्दै गईरहेको छ। घिसिङ हमलाकाण्डको आरोपमा लकभग ११ वर्ष जेल बसेका सुब्बा रेलीको बगरमा गोजमुमो प्रमुख बिमल गुरुङ सित भेट भएपछि दैनिक छापामा आईरहेका छन। हाल तिनी सदभावना कार्यक्रमको बहनामा बिभिन्न स्थानहरुको भ्रमणमा कालेबुङबाट हप्तादिन अघि निस्केका छन्। यसैक्रममा तिनले दार्जीलिङ, खर्साङ, मिरिक, लगायत तराई डुवर्सको भ्रमण गरिरहेका छन् । तिनले बिभिन्न स्थानहरुको भ्रमण अवधी पत्रकारहरुलाई राजनैतिक भ्रमण नरहेको दाबी गरिरहेका छन। यद्यपी सुब्बाको उक्त भ्रमण राजनैतिक हुनसक्ने राजनैतिक सचेतकहरु बताउँछन्। यतिमात्र नभएर खुफिया बिभागले पनि तिनको भ्रमणलाई सदभावना कार्यक्रमको सामान्य भ्रमणको रुपमा लिईरहेका छैनन् । किन भने तिनले बिभिन्न स्थानहरुको भ्रमण समय अवधी कुनै न कुनै राजनैतिका दलका नेताहरुसित भेट गरिरहेका छन्। यस कुराले समेत तिनको भ्रमण राजनैतिक भ्रमण राजकनैति उदेश्य प्रेरित रहेको हुनसक्ने सचेतकहरुको भनाई रहेको छ। एकातिर हाल पहाडमा कुनै पनि ब्यवस्था लागु हुन सकिरहेको छैन भने अर्कोतिर बिगत दिनका गोर्खाल्याण्ड आन्दोलनका लडाकु नेता छत्र सुब्बाको भ्रमण निकै महत्वपूर्ण हुनसक्ने अनुमान गरिएको छ। तिनले जेलबाट मुक्त बनेर घर आईपुगेको समयमा जेलामा बस्दा थाकेको कारण केहिदिन सम्म चुपचाप बस्ने बताएका थिए। फलस्वरुप तिनी निकै लामो समयसम्म मौन समेत बसे। तर तिनको मौनता भने केहि महिना अघि जीटीएको बिरोघबाटै तोडिएको छ। आन्दोलनकालमा नेताहरुलाई थुप्रै अफर आउँने बताउँदै आफुलाई पनि अफर आएको तिनले बताएका थिए। तर आफु मुद्दा प्रति ईमान्दार रहेको कारण कुनै अफर स्वीकार नगरेको सुब्बाले बताउँदै जीटीएले गोर्खाल्याण्डको समस्या पुरा नगर्ने दाबी गरेर आफ्नो मौनता तोडेका थिए। यसै सिलसिलामा पहाडमा नयाँ राजनैतिक दल छत्रसुब्बाको नेतृत्वमा चल्ने हल्ला चल्यो अनि हाल तिनी सदभावना यात्राको बहनामा बिभिन्न स्थानहरुको भ्रमणमा छन। सुब्बाको यो भ्रमण पहाडमा गोर्खाल्याण्ड आन्दोलनको पुन: सुरुआतको सङ्केत पो हो कि भन्ने अहिले चारैतिर कौतुहलता बडेको छ।
Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.