मंग्पू/केशर मोक्तान: लोहापूल सुन्तलेमा आज देखि भएको पाँच दिने माघे मेलाको उद्घाटन सिन्कोना बगान निर्देशक डा० जी० सी० सुब्बाको बाहुलीबाट गरियो | कल्याण राईले संचालन गरेको उद्घाटन कार्यक्रमका अध्यक्ष दल बहादुर गुरुङ रहेका थिए | समारोहको शुरुमा बिजनबारी पूल दुर्घटनामा पर्ने अनि भुइँचालोमा परेर ज्यान गुमाउनेहरुको आत्मा शान्तिको निम्ति २ मिनटको मौन धारण गरियो | यस्तै गरी रम्बी डान्स एकाडेमीका कलाकारहरु अनि लोहपूल सुन्तलेका नानीहरुले सुन्दर नृत्य प्रस्तुत गरे | दोश्रो चरणको कार्यक्रममा मंग्पू सांगीतिक कला एकाइका कलाकारहरुले संगीतमय कार्यक्रम प्रस्तुत गरे | मनोज एकलकाटेले संचालन गरेको संगीतमय कार्यक्रममा गायक राजेन आले, सुरेन पाख्रिन, पदम बराइली, मणि राई, शिशिर गहतराज, अनुप गुरंग, गायिका सुनिता गुरुङ र हेमा राईले पुराना नेपाली गीतहरु प्रस्तुत गरे भने बाल कुमार इन्दुप तामांगलर मिठो गीत प्रस्तुत गरेर सम्पूर्ण दर्शकहरुलाई मन्त्रमुग्ध पार्दै नचाए | समारोहका मुख्य अतिथि जी० सी० सुब्बाले समारोहलाई सम्बोधन गर्दै माघे मेलाको आयोजक समितिलाई आभार व्यक्त गर्दै भविष्यमा यस हाइवे पिकनिक पार्कले यस ठाउँमा पर्यटन स्थल बनाउन सक्ने अनि लोहापूल सुन्तले क्षेत्र सिन्कोना बगानसित गाँसिएको कारण आगमी दिनमा कुनै पनि कार्य गर्दा एवम पर्यटन स्थल बनाउन परे सिन्कोना बगानको तर्फबाट आफूल सक्ने सहयोग गर्ने बताए | उक्त मेला आगमी १७ जनवरी सम्म पांचदिन चल्ने छ भनी आयोजक समितिले बताएका छन् |
लोहापूल सुन्तले माघे मेलाको आज रिबन काटियो
13Jan2012
Post a Comment