डी के वाइबा: कालेबुङ 12 फरवरी: देशमा बडीरहेको अगणतान्त्रिक क्रियाकलाप, सराकारको जनबिरोधी निती, दिनोदिन बडीरहेको भ्रष्टचार आदिको बिरोधमा एस. यू. सी. आईले आज कालेबुंगमा पर्चा बितरण तथा हस्ताक्षर संकलन कार्य गरेको थियो। आगमी 14 मार्चको दिन एस. यू. सी. आईले सरकारको जन बिरोधी नितीको बिरोधमा पार्लमेन्ट अभियान कार्यक्रममा देशभरीबाट संकलन गरेको हस्ताक्षर साथै साधारण जनताको दाबी देशका प्रधान मंत्रीलाई पेश गर्ने भएको एस. यू. सी. आईका नेता शंकर पालले बताए। तिनले हाल सरकारले चलाएको गरीबमार नितीको बिरोधमा सम्पूर्ण देशभरी हस्ताक्षर बटुलेर प्रधान मंत्रीलाई बुझाउँने बताउँदै सरकारले जनबिरोधी नितीहरु फिर्ता लिनु पर्ने माग गरे। शंकर पालको नेतृत्वमा रहेको 4 जनाको टोलिले आज याहाँको थाना डाँडामा उक्त हस्ताक्षर अभियान चलाएर सबै बर्गका मानिसहरुबाट हस्ताक्षर संग्रह गरे। सरकारको जनबिरोधी नितीको बिरोधमा पालन गरिने पार्लामेन्ट अभियानामा देशका लाखौ मानिसहरुलाई सहभागी बनिदिने एस. यू. सी. आईले आह्वान गरेको छ। एस. यू. सी. आईले आज बितरण गरेको पामप्लेटमा देशमा दिनोदिन बडीरहेको गरिबमारा नितीहरुको बिरोध गर्दै हाल पूँजीपतिहरुको एकक्षत्र शाषणमा गरिबहरु चेप्टिरहेको दाबी गरेको छ। आज देशमा बडीरहेको बेकारी समस्या, किसानह्रुले गरिरहेको आत्माहत्या एउटा ब्यापक समस्या रहेको बताउँदै सरकारले गरिबहरुलाई बाँच्न सक्ने निती निर्धारण गर्नु पर्ने माग गरेको छ।
Post a Comment
We love to hear from you! What's on your mind?