जीटीएलाई थन्काएर छुट्टै राज्यको आन्दोलन गर्ने मोर्चाको घोषणालाई क्रामाकपाले गर्यो स्वागत

डी के वाइबा: कालेबुङ, 4 फरवरी: सुकनामा जनसभा गर्दै फेरि जीटीएलाई थन्काएर छुट्टै राज्यको आन्दोलन गरिने भनेर गरिएको मोर्चाको घोषणालाई क्रामाकपाले स्वागत जनाएको छ। क्रामाकपा महासचिव तारामणि राईले मोर्चाको उक्त घोषणा यदि साँचो हो भने क्रामाकपाले स्वागत गर्ने बताएका छन्। अहिले केन्द्रसम्मलाई जीटीए नै सम्पूर्ण देशका गोर्खाहरूको समस्याको समाधान हो भनेर राज्य सरकार र सम्झौता गर्ने दलले प्रचार गरेको  क्रामाकपा महासचिव राईले आरोप लगाउँदै तर जीटीए दार्जीलिङ जिल्लाको तीनवटा महकुमालाई लिएर विकास गरिने एउटा एजेन्सी मात्र रहेको दाबी गरे। दार्जीलिङ जिल्लाको तीन महकुमाको विकास एजेन्सीलाई देखाएर सबै गोर्खाहरूको समस्याको समाधान भएको देखाउनु छुट्टै राज्यको मुद्दाको निम्ति हानिकारक रहेको राईले बताउँदै यसैको विरोधमा गोर्खाल्याण्ड टास्क पोर्स अनि क्रामाकपा आफैले पनि देशका विभिन्न सङ्गठनहरूसित मिलेर जीटीए गोर्खाहरूको समस्याको समाधान होइन अनि छुट्टै राज्य नै गोर्खाहरूको समस्याको समाधान रहेको बताउने कार्य भइरहेको छ तिनले दाबी गरे। यसैको निम्ति गोर्खाल्याण्ड टास्क फोर्सले उत्तरपूर्वि क्षेत्रमा छुट्टै राज्यको औचित्य बुझाउने कार्यक्रम गरिरहेको अनि अर्कोतिर छुट्टैराज्य पक्षधर कम्युनिष्ट सङ्गठनहरूसित मिलेर क्रामाकपाले पनि विभिन्न कार्यक्रम गरिरहेको राईले बताएका छन्‌। तिनले भने, जीटीए छुट्टै राज्यको मुद्दाको मार्गमा बाधक बनेको छ। मोर्चाले गरेको भूललाई सच्याउने कार्य भइरहेको छ। छुट्टै राज्यको मुद्दा जिउँदै रहेको छ भन्ने कुरा प्रमाणित गर्ने कार्य जारी छ। अहिले मोर्चाले जीटीएको प्रस्ताव खारेज गरेर छुट्टै राज्यको निम्ति आन्दोलन गर्छ भने यस्तो पहललाई स्वागत जनाउनुपर्छ। तिनी अनुसार यतिबेला छुट्टै राज्यको निम्ति एकता देखाउने परिस्थिति छ। एउटै मञ्चमा आउन नसके पनि विभिन्न सङ्गठनबाट नै होस्‌ तर केवल एउटा मुद्दा छुट्टैराज्यको निम्ति मात्र आन्दोलित भएमा केन्द्रले मुद्दाप्रतिको एकता देखिहाल्ने छन्‌। यही एकता देखाएर नै सबैले आफ्नो आफ्नो पक्षबाट चाप दिन सके मुद्दाको निम्ति धेरै फाइदाजनक कदम हुनेछ। अर्कोतिर जीएलओ नेता छत्र सुब्बाले गर्ने भनिरहेको आन्दोलनलाई पनि क्रामाकपाले स्वागत जनाएको छ। तिनले भने, छत्र सुब्बा गोर्खाल्याण्डको कट्टर आन्दोलनकारी रहेको दाबी गर्दै तिनको मुक्तिको निम्ति क्रामाकपाले जति पनि आन्दोलन गर्‍यो,त्यसमा कुनै स्वार्थ थिएन भनि स्पष्ट पारेका छन। तिनलाई मुक्त गरेर क्रामाकपामा ल्याउने सोंच थिएन, तर आन्दोलनकारी बिनाकारण सरकारी षढयन्त्रमा परेर जेलमा सडाउनु क्रामाकपालाई उचित लागेन। तिनको मुक्तिको निम्ति  नै क्रामाकपाले आन्दोलन गरेको थियो। अहिले तिनले पनि छुट्टै राज्यको आन्दोलन गर्छ भने क्रामाकपाले यसलाई स्वागत गर्ने बताउँदै आन्दोलनकारी मान्छेले गोर्खाल्याण्डको मुद्दालाई अघि बडाउँनुपर्ने सुझाव राखे।
Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.