डी के वाइबा: कालेबुङ 14 फरवरी; कालेबुङ शहरलाई सुन्दरीकरण गर्ने दिशामा लागेको कालेबुङ नगरपालिकाले आज यहाँको मेन रोडमा मोठ 50 वटा डस्टबिनहरु बितरण गरेको छ। नगरपालीका उपाध्याक्ष गंगामाया गुरुंगको नेतृत्वमा रहेका टोलिले उक्त डस्टबिन बितरण गरे। आज बितरण गरिएको डस्टबिनको मुल्य अठारसय रुपिया प्रति डस्टबिन रहेको छ। उक्त डस्टबिन चारवटा दोकानहरुको निम्ति एउटा गरेर दिईएको छ भने अब उसो दोकानदारहरुले मैला डस्टबिनमा हाल्न पर्ने भएको छ। यस अवसरमा कालेबुङ नगरपालिकाका स्वास्थ्य अधिकारी एस.डी जिम्बा, स्वास्थ्य निरिक्षक संजय प्रधान लगायत बिभिन्न वार्डहरुका नगर पार्षदहरु उपस्थित रहेका थिए। चारवटा दोकानहरुको निम्ति नगरपालीकले एक एक वटा गरेर बितरण गरेको डस्टबिनहरुको पैसा भने दोकानेहरुबाटै चार सय पचास रुपीया गरेर वसुली गरेको छ। बिगत दिनहरुमा शहरलाई सुन्दरीकरण गर्न बितरण गरिएको डस्टबिनहरु दोकानेहरुले राम्रो हेरचाह नगर्दा हराएको कारण दोकानेहरुबाट नै यसपल्ट पैसा वसुली गरेको नगर उपाध्याक्षा गंगामाया गुरुंगले बताईन। उक्त डस्टबिनमा प्रतेक दिन दोकानहरुबाट निस्कने मैलाहरु बेलिका नगरपालीका कर्मचारीहरुले उठाउँने तर ति मैला उठाउँने ब्यक्तिहरुलाई प्रत्येक दोकानदारहरुले प्रतिदिन दुई रुपीयाको दरले पैसा दिनुपर्ने नियम रहेको पनि तिनले जनकारी गरईन।
Post a Comment
We love to hear from you! What's on your mind?