साहित्यकार सम्पूर्ण राई मृत्युसितको संघर्षमा हारिन

डी के वाइबा:  कालेबुङ 13 मार्च: कालेबुङकी बरिष्ट सहित्यकार सम्पूर्ण राई अब रहिनन। तिनले आज कालेबुङ मह्कुमा अस्पतालमा अन्तिम स्वास लिईन। धेरै लामो समय देखि तिनी अस्वस्थ्य थिईन। तिनको लामो सम्य देखि यहाँको मह्कुमा अस्पतालमा उपचार चलिरहेकि थियो भने आज बेलुका चार बजेतिर तिनको मृत्यु भयो। मरुभूमिको नदी’ कविता संग्रह केवल सोह्र दिन अघि मात्र लोकार्पण भएको थियो भने तिनी उक्त कृतिको बिमोचन कार्यक्रममा पनि उपस्थित हुन सकेकी थिईनन। आफ्नो मृत्यु अघि तिनले एउटा उपन्यास, कथा संग्रह अनि कविता संग्रह  प्रकाशित गर्ने धोको रहेको बताएका थिईन यहाँको दैनन्दिनी समाचार च्यानलसितको अन्तरवार्तामा। तिनी लगभग चारवर्षदेखि अर्थराइटिस लगायतका अनेकौं रोगको कारण मृत्युसित जुझिरहेकि थिईन। चारवर्षदेखि मृत्युसित जुझीरहेकि बरिष्ट साहित्यकार सम्पूर्ण राई अन्तमा मृत्युसित हारिन। तिनको निधनले नेपाली साहित्यिक संसार शोकको लहर छाएको छ। चार वर्षदेखि रोगले थला परेको समयमा लेखेका कविताहरुको संग्रह  नै ‘मरुभूमिको नदी’ हुन। सन 1963 एसयूएमआई बाट प्रकाशित हुने पत्रिकामा तिनको पूर्णेको जून शिर्षक कविता प्रथम प्रकाशित कविता रहेको थियो। नेपाली सहित्यमा कविता लेखेर साहित्यिक यात्रा शुरु गर्ने सम्पूर्ण राई पछिबाट कथाकार भईन।  तिनले साहित्यिक परिवेश कथाकार सानुमति राईबाट पाएको कुरा केहि महिना अघि ‘दैनन्दिनी’को अन्तर्वार्तामा भनेकि थिईन। यस अघि तिनको नाभो कथा संग्रह सिक्किमको निर्माण प्रकाशनबाट प्रकाशित भईसकेको छ। सन 1995 मा तिनले स्रष्टा पुरस्कार प्राप्त गरेकि थिईन भने सन् 1999मा अरुगी पुरस्कारले तिनलाई सम्मानित गरिएको थियो। यस अघि तिनले कविता लेखेर नै सबैभन्दा पहिले 1968 मा तिनले रणधोज राणा स्मारक कप प्राप्त गरेकी थिईन। बिभिन्न साहित्यिक संस्थाहरुसित जोसिएकी सम्पर्ण राई साहित्य अकादमीका सल्लाहकार पनि बनेकी थिईन भने सन् 1975 मा एनपी राईसिततिनको वैवाहिक सम्बन्ध गाँसिएको थियो। हाल तिनको एक छोरा अनि एक छोरी छन्‌।
Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.