टिस्टा नदीमा कालेबुङ नगरपालीकालाई मैला फ्याँकन नदिने

डी के वाइबा: कालेबुङ:  कालेबुङ नगरपालीकाको निम्ति टाउको दुखाई बनेको डम्पिङ सम्सया गाडे घाऊ नै  बनेको छ। घरी घरी टउको दुखाई बनेको डम्पिङ समस्या पुन: बल्झिने छाँट देखा परेको छ। हाल नगरपालीकाले यहाँको टिस्ट नदीमा अवैद्य रुपले फ्याँकिरहेको मैला अबोप्रान फ्याँक्न नदिने क्रामाकपाले अडान लिएको छ। क्रामाकपा हाईवे जोनल कमेटिका अध्यक्ष सन्तोस प्रधानले आज यहाँ पत्रकार सम्मेलन डाकेर टिस्टा नदीमा कालेबुङ नगरपालिकामा फ्याँकिरहेको मैलाको बिरोध गर्दै के स्वीजरल्याण्डमा नदीमा मैला फ्याँक्ने प्रावाधान छ भनि प्रश्न तेर्साए। तिनले कालेबुङ नगरपालीका बोर्डलाई प्रश्न गर्दै कालेबुङ नगरपालीका सम्हालेको तीन महिनामा डम्पिङको समस्या समाधान गर्छु भन्ने बोर्डले किन आजसम्म मैला टिस्टा नदीमा फ्याँकिरहेको छ भन्दै यदि यस कार्य यथाशिघ्र बन्द नगरे बृहत आन्दोलन नै गर्ने तिनले चुनौति दिए। क्रामाकपा पार्टीले मैलाको समस्याको कुरा मात्र उठान नगरिरहेको बताउँदै बिगत दिनमा मैलाको व्यवस्थापन कसरी गर्न सके दिर्घ रुपले समाधान गर्न सकिनेछ भनेर समाधानको सुझाव समेत दिएको तिनले पत्रकारहरुलाई बताए। कुनै पनि नदीमा मैला फ्याँक्न कानुनी रुपले अवैद्य रहेको जनाउँदै कालेबुङ नगरपालीका बङ्गालको बीएम एक्ट अनुतरुप सञ्चालन गर्छु भन्ने नगर अध्यक्षले कुन कानुन अनुरुप टिस्टामा मैला निरन्तर डम्पिङ गरिरहेको छ भनि प्रश्न तेर्साए। तिनले यस कार्य नगरपालीकाले चाँडो बन्द गर्नु पर्ने माग गर्दै यस बिषयमा पल्युसन कन्टोल बोर्ड, राज्यका मुख्य मन्त्री आदिलाई पत्रचार समेत गर्ने जानकारी दिए। हाल नगरपालीकाले केहि महिना अघिदेखि टिस्टा नदीमा मैला फ्याँकिरहेको कारण प्रदुषण व्यापक रुपले फैलिरहेको दाबी गर्दै टिस्टा किनारामा बसोबासो गर्ने मानिसहरु समेत यसले प्रभावित बनेको तिनले दाबी गरे। नगरपालीकाले टिस्टामा मैला फ्याँकेको कारण हाल मानिसहरुको धार्मीक आस्थामा समेत प्रभाव परिरहेको अनि पर्यटन व्यवसायमा समेत नकारात्मक प्रभाव परेको तिनले जनाए। क्रामाकपाले टिस्टमा मैला फ्याँकेको बिरोध गर्दै यसअघि पनि सम्बन्धित बिभागलाई पत्रचार गरेर अवगत गराएको बताउँदै यस कुरालाई गहन नलिएकै कारण अब सडकमा उत्रनु पर्ने बाध्यता मानिसहरुमा आईपरेको तिनले थप बताए।
      स्मरण रहोस कालेबुङ नगरपालिकाले हाल टिस्टामा कालेबुङ शहरको मैला लगातार रुपले फ्याँकने गरिरहेको छ। जसको कारण टिस्टा नदी प्रदुषित बनिरहेको छ। कालेबुङ शहरमा घरि घरि बल्झिरहने मैलाको समस्या समाधान गर्न केहि महिना अघि मात्र गठन भएको नयाँ बोर्डले शुरुका दिनहरुमा डम्पिङको समस्यालाई पहिलो प्राथामिकता दिएर यस्को समादान तीन महिनामा गरत्ने दाबी गरेको थियो। नयाँ बोर्डले तीन महिनामा समाधान गर्छु भनेको मैलाको समस्या अहिले पनि सामाधान हुनुको साटो गाडे घाऊ सरह दिनोदिन बल्झिरहेको छ। यतिमात्र होईन पहिले नगरपालीकामा जनप्रतिनिधी नहुँदा प्रशासकले डम्पिङको समस्या समाधान दिर्घ रुपले समाधान गर्न यहाँको भालिखोप स्थित दलमान गाउँमा सुरु गरेको डम्पिङ निर्माण कार्य समेत नयाँ बोर्डले बन्द गरिदिएको छ। जसको कारण पनि मैला कुनै डम्पिङ ग्राउण्डमा फ्याँकुको साटो टिस्टा नदीमानै फ्याँक्नु परिरहेको छ। बर्षा याममा बाटोको समस्या हुने कारण देखाएर नगरपालिकाको नयाँ बोर्डले बन्द गरेको डम्पङ ग्राउण्डको अधकल्चो निर्माण कार्यमा कडोरौं रुपीया पानीमा नै बगेको छ भने यसको बिकल्पमा समेत नगरपालीकाले अझसम्म कुने ठोस कार्य भने गर्न सकेको छैन। सोहि कारण अहिले नगरपालीकाले टिस्टा नदीमा अवैद्य रुपले मैला टिस्टा नदीमा बगाईरहेको छ। क्रामाकपला पार्टीले अबोप्रान्त टिस्टा नदीमा शहरको मैला फ्याँक्न नदिने सपष्ट अडान राखेपछि नगरपालीकाको निमति पुन: टाउको दुखाई हुने छाँट स्पषट देखिएको छ।
Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.