मङपु क्षेत्रमा नयाँ पर्यटन स्थलहरु बढ्ने क्रममा सिमबिडियम अर्किड पार्कपछि हालमा ट्रपिकल नर्सरी (Tropical Nursery Mungpoo) ले पर्यटनको क्षेत्रमा निक्कै गति पक्रिरहेको छ | सिन्कोना डाइरेक्टर हेड अन्तर्गत त्यसताकको निर्देशक डा० जीसी सुब्बाले नर्सरी निर्माण गर्न नपाई अवकाश लिएपछि लाब्दा अनि मङपु विभागको सिमानामा अवस्थित ट्रपिकल नर्सरीलाई बर्तमान निर्देशक डा० सामुयल राई आएपछि तीनवटा ठुला ठुला ग्रीन हाउस निर्माण गरेपछि नर्सरीले गति पक्रिन थालेको छ | निर्देशक सामुयल राई कडा स्वभावको भएपनि उनी मङपु आएदेखि यता आफु राजनैतिक दलहरुदेखि निष्पक्ष रहेर केवल बगान माथि समर्पित हुँदै बगानको कतिपय विकृतिहरुलाई सुधार्ने कार्यहरु गरेको सबैको नजरमा छ | उनकै पालोदेखि सिन्कोनामा विभिन्न विभागका दलनायकहरुलाई लिएर बगानको योजनाहरु माथि अर्द्धवार्षिक कार्यशाला हुन थालेको छ जसले गर्दा बगानको कार्य संस्कारमा सुधार आउन थालेको छ अर्थात बगानका दलनायकहरुले छ महिना भित्रमा तोकिएको योजनाको लक्ष्य पुरा गर्नु पर्ने हुन्छ, जसले बगानको उत्पादनमा निसन्देश बढोत्तरी हुनेछ | यसको साथै सिन्कोना क्षेत्रको सुन्दरीकरण, सिन्कोना संगै अन्य आय श्रोतमुलक खेति अनि पशु – पक्षी पालन आदि उनको उल्लेखनीय कार्य बिशेषताहरु हुन् |
३ दिसम्बर २०१२ देखि स्थानीय फुलहरु लिएर शुरु गरिएको नर्सरीमा बिस्तारै निर्देशक राईको मार्गनिर्देश पाएपछि गरम मौसममा हुने फूलहरुलाई बृहत रुपमा खेती गरेर प्राय: २०१४ देखि चर्चाको बिषय बनेको छ | नर्सरीले गत वर्ष सिन्कोनाको १४ वटा विभागका दलनायकहरुलाई लिएर राखिएको चौथो कार्यशालामा पनि धेरै स्याबासी पाएका थिए भने यस वर्षको पाँचौं कार्यशालामा पनि प्रसंसा पत्र पाउन सक्षम भएको छ | नर्सरीको प्रगतिमा नर्सरी प्रभारी सुदिप थापाको पनि उत्तिकै योगदान रहेको छ | बिहान आठ बजेदेखि नर्सरीको सेवामा लागेपछि रातिको ९ बजेसम्म पनि नर्सरीमै रहेर मेहनत गरेको फल नै आज सबैसामु उजागर भएको छ | प्रभारी थापासित जान्न चाहँदा यहाँ चाहिएको समयमा सबै समान अनि सहयोगहरु निर्देशकले आफ्नो विभागबाट उपलब्ध गराइदिएको हुनाले नै आज यतिको हुन सकेको बताउँछन् | ट्रपिकल नर्सरीमा अर्किडको गरम ठाउँमा हुने प्रजातिहरु क्याटलिया, फेरेनोप्सिस, भेण्डा, डेन्ड्रोबियम साथै एन्थोरियम, हाइब्रीड एजेलिया, गोल्डन पाइन संगै विभिन्न प्रजातिका धुप्पीहरु,गोदावरीमा कासागान्डा, पमपम, ड्रेगन फ्रुट साथै फलफुलहरुमा जामुन, मौसमी, अम्बक, आँप, कटहरहरु, निम्बु, केरा, अलैंची, पिपला, अंगुर, दारिम, कुसुम, पाम, लिची आदि बिशेष रुपले खेति गरिन्छ भने यो संगै औषधिमुलक पौधाहरुमा राहुलफिया(सर्पगन्ध), कुइनाइन, इपिकेक, अगर, अर्जुन, हर्दी, अदुवा आदिको पनि खेति गरिन्छ | हालमा यस्ता फल, फुलहरु संगै अर्कोतिर फार्मको कुखुरा, टर्की, गाई अनि माछा पालन पनि शुरु गरिएको छ | यसरी यस नर्सरीले चर्चा कमाउन थालेपछि हाल पर्यटकहरु बाटो सोद्धै नर्सरीसम्म आउने गरेको पाइएको छ | मङपुदेखि सिलिगुडी जाने सडकको कुवा पानीदेखि प्राय: २ किमी भित्र पसेपछि भेटिने ट्रपिकल नर्सरीमा बाटोको पनि राम्रो सुविधा रहेको छ |
पहिले मङपु भन्नसाथ रविन्द्र संग्राहलय हेर्न आउने पर्यटकहरुलाई केहीवर्षदेखि सिन्कोनाको आफ्नै नर्सरीहरुले पनि बिशेष आकर्षण दिन थालेको छ भने सिम्बिडियम अर्किड पार्कमा धेरै पर्यटकहरु आएको समय बस्ने सुविधा कम्ति भएर अर्को लजतिर गएको पनि त्यहाँका कर्मीहरुले बताएको छ | यसरी सिन्कोना बगानमा सिन्कोनाको खेति संगै पर्यटन क्षेत्रले पनि राम्रो आय आर्जन गर्न सक्ने बुझिएकोले यस सम्बन्धि विभागले पनि पर्यटकहरुको असुविधालाई विचारेर आवश्यक लजहरुको निर्माण, नयाँ पर्यटन योजनाहरु, जोगीघाट रियाङटारमा पुस्तौंदेखि बन्जर बनेर बसेको स्थानमा चिल्ड्रेन पार्क संगै मङपुमा पाइने अनि उत्पादन गर्न सकिने औषधिमुलक पौधाहरुको प्रदर्शनी केन्द्रको निर्माण गर्न सके साथै मङपु भित्रको पर्यटन स्थलहरुको मानचित्रहरु बनाएर विभिन्न स्थानहरुमा टाँस्ने काम गर्न सकेमा यसले अझ पर्यटन सम्बन्धि व्यवसायमा थप टेवा पुग्नको साथै सिन्कोना बगानमा यसले थप आय आर्जनको श्रोत बडाएर लान सक्ने प्रबल सम्भावना देखिएको छ ||
Post a Comment
We love to hear from you! What's on your mind?