डी के वाइबा कालेबुङ। युनियन टेरिटोरीको मुद्दालाई दार्जीलिङ पहाडका मानिसहरुले समर्थन नगरेको कारण नै आझसम्म छुट्टै राज्य छोडेर युटी समेत हुन नसकेको हिल काङ्द्रेसले दाबी गरेको छ। यदि दार्जीलिङका मानिसहरुले राजीव गान्धिको समयमा नै युटीलाई समर्थन गरेको भए आजको परिर्थिति दार्जीलिङ पहाडको नहुने हिल काङ्ग्रेसका सचिव दिलिप प्रधानले दाबी गर्दै गोर्खाल्याण्ड हुन नसक्दा युटीले यहाँको समस्या समाधान गर्ने थियो भनि दाबी गरे। केन्द्रमा हिल काङ्ग्रेसले युटीको कुरा उठान गर्दा दार्जीलिङका जनता युटीको पक्षमा छैनन् भनेर केद्रिय नेताहरुले भनेको कारण नै बिगत बिधानसभा चुनावमा हिल काङ्ग्रेसले युटीको मुद्दाम जनताको समर्थन हेर्न चुनाव लडेको बताउँदै गोर्खाल्याण्डको मुद्दामा चुनाव जित्ने सांसद किन मौन भनि तिनले प्रश्न गरे। छुट्टै राज्य गोर्खाल्याण्ड यदि हुन नसके अन्य चान चुने व्यवस्थाले यहाँको समस्या समाधान हुन नसक्ने तिनले दाबी गर्दै रहेको प्रधानले थप दाबगोजमुमो पार्टीकै आन्दोलनकालमा पनि युटीको कुरा उठ्दा जनताले पत्तो नदिएको कारण समस्या समाधान हुनको साटो अझ जिटिल बनिरहेको प्रधानले दाबी गरे। हिल काङ्ग्रेसले भनेको कुरा जनताले विश्वास नगरेको हुन सक्ने अनुभव गरेर अब केन्द्र र राज्यका नेताहरुलाई नै दार्जीलिङ पहाडमा ल्याई युटीको कुरा बुझाउँने ताकमा हिल काङ्ग्रेस रहेक पनि ति ले जनाए। तिनले आगमी१२ अप्रेलपछि राज्य अनि केन्द्रका वरिष्ट नेतृत्वहरूलाई बोलाएर दार्जीलिङ, खरसाङ अनि कालेबुङमा युटीमाथि सङ्गोष्ठीको आयोजना गरिने बताउँदै यदि यस मुद्दामा जनताको साथ पाए छुट्टै राज्य नभए सम्म युटीले समस्याको समाधान गर्न सक्ने प्रधानले थप जनाए। बिगत सुवास घिसिङको २१ वर्षीय शासन अनि त्यसपछि चारवर्षसम्मको गोर्खा जनमुक्ति मोर्चाको आन्दोलनले पहाडको आर्थिक स्थिति डावाडोल पारिरहेको अवस्थामा जनता कै चहाना सम्झेर अघिबाट जीटीएलाई पनि हिल कंग्रेसले कुनै आपत्ति नजनाएको बताउँदै अहिले अएर जीटीए नै राज्य गठनको निम्ति बाधा बनेको कारण यसको बिरोध गरिरहेको तिनले बताए। तिनले पत्रकारहरुसित कुराकानी गर्दै जीटीए अब दागोपापको एफिडेफिट रुप मात्र रहेको दाबी गर्दै यसले दार्जीलिङ पहाडको समस्या समाधान नगर्ने दाबी गरे। तिनले दार्जीलिङ पहाडलाई स्वीजरल्याण्ड बनाउँने घोषणा गर्ने मुख्यमन्त्री ममता व्यानर्जीले पहिले दार्जीलिङ पहाडको रेलवेको निम्ति पनि धेरै घोषणाहरू गरिराखेकी थिइन् तर यसपल्टको रेलवे वजट पेश गरिँदा दार्जीलिङको नामोनिशान नआएकोमा तिनले आपत्ति जनाए। दार्जीलिङको निम्ति रेल्वे बजेटमा कुनै सहुलियको कुरा नहुँदा गोर्खाल्याण्डको मुदमा बिजयी बनेका सांसद जस्वन्त सिंहको मौनता प्रति पनि तिनले प्रश्न गरे।
Post a Comment
We love to hear from you! What's on your mind?