कालेबुङ,19 मार्च। कालेबुङ रेलवे आउटपोष्ट एजेन्सीको टेण्डर नोटिस प्रकाशित भए पनि बिभागले उक्त नोटिस लुकाएर राखेको माकपा नेता तारा सुन्दासले आरोप लगाएका छन। तिनले बिगत धेरै अघिदेखि रेलवे आउटपोष्ट एजेन्सी बिभागको मिलीभगतमा एउटै व्यक्तिले चालाएको आरोप लागाउँदै यथाशिघ्र टेण्डर हुनुपर्ने माग गरेको बताउँदै अहिले भने टेण्डर गरेर पनि भिभागले लुकाएको दाबी गरे। एउटा आउट एजेन्सीको निम्ति दर्खास्त प्रणाली समेत लुकाएर राख्ने कार्य भ्रष्टचार हो भन्ने तिनले बताए। माकपा नेता सुन्दासले सन् 1993 सालदेखि एउटै मात्र व्यक्तिले कालेबुङ रेलवे आउट एजेन्सी चलाइरहेको बताउँदै एकजाना व्यक्तिले कुनै पनि हालतमा लगातर आउट ऐजेन्सी चलाउँन नसक्ने नियम रहेको बताए। एउटै व्यक्तिले लगातार 19 वर्षदेखि ऐजेन्सी चलाउँनु न्याय संगत नरहेको दाबी गर्दै तिनले यहाँ बिभागका मानिसहरुले समेत मिलेर भ्रष्टचार गरिरहेको कारण नै एउटै व्यक्तिले ऐजेन्सी चलाईरहेको दाबी गरे। तिनले आउट पोष्ट तीनदेखि पॉंचवर्षसम्म मात्र एक व्यक्तिले चलाउनु पाइने नियम रहेको छ बताउँदै यहाँ व्यापक भ्रष्टचार रहेको कारण नै अनि बिभागको पनि मिलीभगत भएको कारण यसो भएको जनाए। तिनले यस सम्बन्धमा 15 अगस्त 2011 अनि 23 नोभेम्बर 2011 मा माकपा अनि गोरामुमो-सीले रेलवे मन्त्रालयलाई पत्राचार गरेर अविलम्ब नयॉं टेण्डर गराएर एजेन्सी सिप्सुकाण्डका शहीद परिवारलाई दिनुपर्ने अडान राखेको जानकारी गराए। सोहि पत्रको आधरमा 24 नोभेम्बर 2011 मा एनएफ रलवे मालेगाउँबाट पीके चक्रवर्तीको नेतृत्वमा तीन जनाको टोली निरिक्षणको निम्ति कालेबुङ आएर निरिक्षण अमेत गरिसकेको दाबी गरे। सुन्दासले माकपाको दवाबमा परेर 4 मार्चमा टेण्डर जारी भएको तारा सुन्दासले आज बताउँदै तर टेण्डर नोटिसको विज्ञापन आफ्नै रेलवे वोर्डमा समेत नभएको अनि कुनै पनि पत्र-पत्रिकामा विज्ञापनसम्म नदिएकोमा सुन्दासले आपत्ती जनाए। आज तिनले यही नोटिश सार्वजनिक गर्दै सम्पूर्ण जनसाधरणले टेण्डरको निम्ति आवेदन गर्नसक्ने बताउँदै यसको अन्तिम मिति 28 मार्च रहेको अवगत गराए।
रेलवे आउटपोष्ट एजेन्सीको टेण्डर नोटिस बिभागले लुकाएर राखेको माकपा नेता तारा सुन्दासको आरोप
20Mar2012
Post a Comment