स्थानीय ७४ धुरा स्थित अगमसिंह गिरी निम्नोच्च विधालय (AgamSingh Giri Junior High School,Mungpoo) को पुस्तकालय आज कार्यलय कै एउटा कोठामा शुरु गरियो | स्मरण रहोस कि विगत वर्ष २४ जुलाईको दिन सिन्कोना निर्देशक डा० जी० सी० सुब्बा द्वारा भौतिक र रसायन विज्ञानको प्रयोगशाला उद्घाटन गरिएको थियो | विधालयका प्रधान अध्यापक रुपाश बोम्जनले बताए अनुसार उक्त पुस्तकालयको जमर्को चार - पाँच वर्ष अघि देखि शिक्षक - शिक्षिकावर्ग, विधार्थीवर्ग र विधालय संचालन समितिको प्रयास रहेको थियो साथै यस विषयलाई विगतको प्रयोगशाला उद्घाटन अवधिमा सिन्कोना निर्देशकले पनि पुस्तकालय खोल्ने सुझाउ दिएका थिए भने सोही सुझाउ अनुसार आज विधार्थी र शिक्षक द्वारा संग्रहित ३१८० वटा पुस्तकबाट आजदेखि पुस्तकालय शुरु गरियो | यो पुस्तकालय विधालयको मात्र नारहेर सम्पूर्ण गाउँले बासिन्दा साथै सबै विधालयका विधार्थीहरुको निम्ति खुल्ला र लाभदायी रहने विधालय प्रभारीले बताएका छन् | यस पुस्तकालयको संचालनले विधार्थी शिक्षकवर्ग अति नै हर्षित रहेका छन् | उक्त कार्यले शिक्षा क्षेत्रमा एउटा थप उपलब्धि भएको शिक्षक - शिक्षिका एवम विज्ञजन बताउछन् |
Post a Comment
We love to hear from you! What's on your mind?