अनिल तलैजा | केशर मोक्तान : मंग्पू जन सभालाई सम्बोधन गर्दै पूर्व आविप नेता जोन बारलाले तराई डुवर्सलाई जीटीएमा अन्तर्भुक्त गर्नको निम्ति गोजमुमोले गरेको आन्दोलनलाई धन्यबाद दिंदै तराई डुवर्समा पनि यस्तै प्रकारको आन्दोलन शुरु हुने घोषणा गरे | पूर्बमा नक्सलबारी खोरीबारी देखि लिएर पश्चिममा सुनकोश सम्मको भू; भागमा मोर्चा आविपको संयुक्त आन्दोलन शुरु हुने बताउँदै उनले चुप बस्ने स्थिति नरहेको जनाए | अब मुखले भनेर मात्र हुँदैन सडकमा उत्रिएर आन्दोलन गर्नपर्छ | तराई डुवर्सको निम्ति तराई डुवर्सबासी नै अघि आउँ पर्ने उनले बताए | विगतमा विभिन्न राजनैतिक दलहरुले उनीहरुको स्वार्थको निम्ति आदिबासी समुदायलाई प्रयोग गरेको बताउँदै उनले अब आदिबासी र गोर्खा समुदाय मिलेर आफ्नै निम्ति आन्दोलनको रुपरेखा कोर्न पर्ने बताए | आगमी २५ मार्च देखि डुवर्सको चिया बगानहरुमा आइतबारे जुलुश र पथ सभाहरु शुरु हुने पनि उनले घोषणा गरे | २२,२३ र २४ मार्चको दिन पीटी डब्ल्यु , डीटीपीएल लगायत अन्य संगठनहरुलाई लिएर एक एक घण्टाको गेट मीटिंग हुने जानकारी पनि उनले दिए | जीटीए को विरोधमा डाकिएको ६ र ७ अप्रेलको बन्दलाई पूर्ण विरोध गर्ने बताउँदै बारलाले अब शक्ति प्रदर्शन गर्ने बेला आएको पनि जनाए | आफुले डुवर्समा हिंसा नचाहेको तर अवस्था हेरेर व्यवस्था गर्नेछौ भन्दै विरोधीहरुलाई चेतवानी पनि दिए | विरोधीहरुले केवल विरोध गर्न कै निम्ति विरोध गरिरहेको बताउँदै उनले विरोधीहरुसित कुनै मुद्दा नरहेको जनाए | बिर्सा तिर्की माथि खानिन्दै बारलाले तिर्कीलाई आदिबासीहरुले नै पहिचान दिए तर तिर्कीले कोलकातामा बसेर आदिबासीहरुको भाग्यको एकल निर्णय गरेको आरोप तिनले लगाए |
Post a Comment
We love to hear from you! What's on your mind?