नयाँ दिल्ली | १४ मार्च : गोर्खाल्याण्ड टास्क फोर्स( Gorkhaland Task Force ) का प्रतिनिधि मण्डल चेयरम्यान रेभ० एनोस दास प्रधानको नेतृत्वमा जनता पार्टीका अध्यक्ष सुब्रह्मन्यम स्वामी(Janta Party Chief Subramaniam Swami) संग उनको बासस्थान निजामुदिन इस्टमा आफ्नो दस्तावेज र स्मारक पत्रसंग भेट गर्दै जीटीए द्वारा भएको धोका र गोर्खाल्याण्ड राज्य गठनको औचित्य बारे बुझाउँदा स्वामीले भने " मलाइ गोर्खाल्याण्ड बारे सबै थाहा छ | सानो सहुलियतमा दार्जीलिंगका नेताहरु बिक्री हुनु हुँदैन , दह्रिलो खुट्टा टेक्नपर्छ | एन० डी० ए० मा गोर्खाल्याण्ड बारे प्रस्ताव ल्याउनेछु | १९ मार्चको धर्नामा म अवश्य आउनेछु | " यसपछि एनसीइआरटी को सभा कक्षामा जीटीएफको एक आकस्मिक सभा बस्यो | सभामा १२ मार्चको राष्ट्रपतिको भाषण बारे आलोचना भयो | सभाले राष्ट्रपतिले आफ्नो भाषणमा भन्नु भएको " त्यस क्षेत्रको जनताको लामो पुरानो माग र जनताको आकांक्षा अनुरुप मेरो सरकारले जीटीए प्रदान गरेको छ | " भन्ने विषयमा आशंका गर्दै आजसम्मको त्रैपक्षिक वार्तामा हाम्रा क्षेत्रका राजनैतिक दलले छुट्टै राज्य गोर्खाल्याण्ड बारे चर्चा नगरेको र केवल प्राधिकरण, सेटअप, इन्टेरिम र जीटीएमा मात्र भुल्लिएको प्रमाण हुँदछ | यस बारे हाम्रो भनाइ स्पष्ट छ " जीटीए तीन महकुमाको बिकाश एजेन्सी मात्र हो | हाम्रो पुरानो लामो माग भने कै बङ्गालदेखि सम्पूर्णरुपमा अलग्गिएर छुट्टै राज्य गोर्खाल्याण्ड गठन गर्नु हो अनि छुट्टै राज्यको माग हाम्रो चिन्हारी र राजनैतिक सुरक्षाको सवाल संग जोडिएको सवाल हो | गोजमुमोले सरकारको षड्यन्त्रमा हाइ पावर कमिटिको नाममा अन्तरिम व्यवस्थाभित्र डुवर्स र तराईका प्रतिनिधिहरु मनोनयन गरी डुवर्स - तराई लाई फेरि भुलाउने नाटक गर्दैछ जसबारे बङ्गाल सरकारको मुख्य सचिव समर घोषको वक्तव्यले स्पष्ट पार्दछ |
प्रेस विज्ञप्ति
Post a Comment
We love to hear from you! What's on your mind?