गोर्खाल्याण्ड निर्माण मोर्चामा 27 जना नयाँ सदस्यहरु सामेल

डी के वाइबा: कालेबुङ : दार्जीलि पहाडमा गोरामुमो पार्टीको 21 वर्षे शाषण पतन गर्ने गोर्खा जनमुक्ति मोर्चाको जन्म भएपछि अन्य नेताहरु सितै जनताको आक्रोशको सामना गर्न परेर कालेबुव छोडन परेका पुर्व पार्षद दावा पाख्रिन अहिले नयाँ राजनैतिक पार्टी गोरानिमोको अध्यक्ष बनेर राजनीतिमा सक्रिय रहेका छन। मोर्चा प्रमुख बिमल गुरुले गोरामुमो पार्टी त्यागेर गोजमुमो गठन गरेपछि सुवास घिसिसितै तिनी पनि पहाडबाट खेदौरे लागेका थिए। पछि तिनले पनि सुवास घिसिको साथ छोडेर नयाँ राजनैतिक पार्टी खोलेपछि अहिले कालेबुमा नै बस्न पाएका छन। गोरानिमो पार्टी खोलेर सक्रिय राजनीतिमा लागेका दवा पाखिनले बाराम्बार जीटीएको बिरोध गर्दै अहिले गरि गोर्खाल्याण्ड टास्क फोर्ससित मिलेर गोर्खाल्याण्डको आवाज उठाईरहेका छन। जसको कारण अहिले तिनको समर्थनमा केहि मानिसहरु निस्क शुरु गरेको छ। यसै सिलसिलामा आज तिनका राजनैतिक दल गोर्खाल्याण्ड निर्माण मोर्चा (गोरानिमो) मा आज कालेबुङबाट 23 जना अनि दार्जीलिङबाट 4 जना सामेल भए। यस अवसरमा  नयॉं कार्यकर्ताहरूलाई गोरानिमो अध्यक्ष दावा पाख्रिनले  दलको झण्डा सुम्पिएर औपचारिक स्वागत गरे। तिनले यसै अवधी आफ्ना पार्टीमा सामेल हुने नयाँ सदस्यहरुको सुरक्षालाई ध्यान राख्दै वर्तमान राजनैतिक परिस्थिति अनुकूल नरहेको बताएर ठेगाना बताउन चाहेनन्‌। तिनले दार्जीलिङबाट सामेल हुने चार कार्यकर्ताहरू नेतृत्व दिनसक्ने व्यक्तित्वहरू रहेको बताउँदै गोर्खाल्याण्डको निम्ति मानिसहरु सचेत बनेको कारण नै यसरी आफ्नो पार्टीमा सामेल हुन आएको दाबी गरे। तिनले नयाँ सद्स्यहरु कुनै पनि राजनैतिक पार्टीका सदस्यहरु नरहेर न्यूट्रलबसेका मानिसहरू हुन्‌ भनि थप जानकारी गराए। यसै अवधी तिनले अहिले घरी गोरानिमो सङ्गठन विस्तारमा नै व्यस्त रहेको बताउँदै पाख्रिनले छुट्टै राज्यकै निम्ति मानिसहरू गोरानिमोमा दैनिक रूपमा सामेल भइरहेको दावी गरे। यसअवधी तिनले जम्मै गोर्खाहरू सहूलियतभन्दा धेर अस्तित्व र अस्मितासित जोडिएको छुट्टै राज्य गठनको पक्षमा रहेको दावी गरे। त्यही अस्मिताको निम्ति प्रशान्त तामाङलाई जिताउन मानिसहरूले सुङ्गुर, बाख्रा, कुखुरा आदि बेचेर भोट दिएकोले पनि गोर्खाहरूमा सहूलितभन्दा धेर अस्तित्व जोडिएको  पाख्रिनले  पुष्टि गरे। यसैले राज्यले दिएको सहुलियतमा भुलिए गोर्खाहरूको भविष्य अन्धकार हुनेछ’-पाख्रिनले भने। गोटाफो (गोर्खाल्याण्ड टास्क फोर्स) सित सम्मिलित भएर नै अहिले गोरानिमोले कार्य गरिरहेको बताउँदै  गोटाफोको भावी कार्यक्रमहरूबारे तिनले अवगत गराए। तिनीअनुसार अहिले भर्खरै पूर्वाञ्चल क्षेत्रमा कार्यक्रम गरी फर्किएको टास्क फोर्सले अब 28 अप्रेलपछि देशको पश्चिमाञ्चल क्षेत्रतिर कार्यक्रम गर्नेछ। जहॉं टास्क फोर्सले गोर्खाल्याण्डको औचित्य अनि आवश्यकतामाथि मन्त्री अनि सांसदहरूलाई बुझाउने कार्य गर्नेछ। यसरी नै त्यसपछि कोलकातामा बङ्गाली बुद्धिजीविहरूलाई लिएर गोटाफोले एक सङ्गोष्ठीको आयोजना गर्ने भएको जानकारी  गराए।
Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.