मंग्पू | केशर मोक्तान: हालमा लगातार वर्षाको कारण मंग्पू रेशेप बजार सडकको अवस्था जीर्ण बन्दै गइरहेको छ | नब्बेको दशकमा मर्मत गरिएको त्यस सडकको बिचमा ठुला ठुला खाल्डो बनेर थुप्रै ठाउँमा पानी जम्ने गर्छ | दागोपाप द्वारा निर्मित सडकमा लगाएको अलकत्र अहिले घरि नामको लागी मात्र रहेको छ | फलत: रेशेप् बजार सडक छ्यांग खोलामा त प्राय: जसो ठाउँमा अलकत्र उप्किएकोले सडक भरि नै पानी जमेर पोखरी बनेकोले जनसाधारणलाई हिड्न समेत असुविधा भएको देखिन्छ | त्यतिमात्र नभएर सडक भरी नै हिलो जमेर सडकमा पाइला टेक्ने सम्म ठाउँ नभएको हुँदा स्कुले विधार्थीहरु गणगण गर्दै हिडिरहेको सुनिन्छ | मूल बर्खा शुरु नभई सडकको यस्तो दशा रहेकोले सम्बन्धित विभागले यस विषयमा ध्यान दिएर सडक मर्मत गर्न आवश्यक देखिन्छ | मंग्पू बजार भित्र नै कोर्ट, डाकघर, ग्रामीण ब्यांक तथा समस्त मंग्पूभरिको व्यवसायको केन्द्र रहेकोले यस सडकमा दैनिक हजारौं मानिसहरु आवत - जावत गर्ने गर्छन् भने यस सडकलाई झट्टै मर्मति गर्न अहिलेसम्म विभागले चासो नदेखाएको हुँदा स्थानीय राजनैतिक प्रतिनिधिगनले ध्यान दिए असल हुने विचार पोख्छन साधारण जनता |

Post a Comment
We love to hear from you! What's on your mind?