सिन्कोना संगै सप्रन्दैछ मङपूमा सुन्तला खेति

Cinchona and Orange plantaion in mungpoo:

डी के वाइबा: कालेबुङ 14 मई : पश्चिम बङगालको ब्यापार एंव बानिज्य मन्त्रालयबाट फूडप्रोसेसिङ एंव हर्टिकल्चर बिभागमा हस्तान्तरण भएको दार्जीलिङ पहाडको चिया पछि दोस्रो सर्वबृहत सिन्कोना उद्योगलाई बचाएर राख्न अहिले बिभागले बिभिन्न प्रकारका औषधीय पौधाहरु संगै सुन्तला खेति शुरु गरेको छ। बिशेष मङपू, सिटोङ, लाठपञ्चर आदि स्थानहरुमा बिभागले सुन्तला खेतीलाई व्यवसायीक रुपमा अघि बडाउँन हाल जोडदार पहल गरेको छ भने कतिपय स्थानहरुमा उक्त सुन्तलाको बोटहरुले उत्पादन समेत दिन थालेको छ। मङपू, लाठपञ्चर तथा सिटोङमा मानिसहरुले पहिल्यैबाट आ आफ्नो घरमा सुन्तलालाई व्यवसायिक रुपमा उत्पादन गर्ने काम गरिरहेको कारण यस क्षेत्रमा सुन्तला खेती गर्न सके बिभागले राम्रो आय गर्न सक्ने बिचार राखेर यस खेति शुरु गरेको सिन्कोना निर्देशक डा जी सी सुब्बाले जानकारी दिएका छन। फूडप्रोसेसिङ तथा हर्टिकल्चर बिभागले बिशेष गरेर फल फूल उत्पादनमा महत्व दिने गरेको कारण सिन्कोना संग सगै अहिले बिभागले अन्य बैकल्पिक खेतिको रुपमा सुन्तलालाई बृहत रुपमा रोप्ने काम गरिरहेको तिनले थप जनाए। बिगत दिनहरुमा सिन्कोना निर्देशालय अधिनस्थ रहेको जमीनहरुमा सिन्कोनाको खेति गरिने कार्य हुने गरेता पनि कतिपय स्थानहरुमा भने बिभागले ‘नो प्रोडक्न ल्याण्ड’ भनेर घोषणा गरेको कारण खाली रहेको स्थानहरुमा हाल बिभागले उक्त बञ्जर जमीनहरुमा सुन्तला रोप्ने कार्य गरेको डा सुब्बाले जानकारी दिदै हाल उक्त जमीनहरुमा सुन्तला खुबै राम्रो भईरहेको जनाए। बिगत दिनहरुमा बिभागले बञ्जर जमीन भनेर घोषणा गरेको कारण धेरै बर्ष सम्म खाली रहेको जामीनहरुलाई नै बर्तमान समयमा उक्त जामीनहरुमा पहिले अनुसन्धानको रुपमा सुन्तला खेती सुरु गरेको अनि हाल उक्त खेती राम्रो भएको कारण सोहि बञ्जर जमीनहरुमा सुन्तला व्यापक रुप्ले रोप्ने काम गरिरहेको तिनले बताउँदै यसबाट खाली जमिनको उपयोग हुनको साथै यसबाट बिभागले आय समेत गर्दा सबैलाई लाभ हुने तिनले जानाए। बर्तमान समयमा बिभागले प्रतिवर्ष 40 ऐकरको हिसाबले सुन्तलाको खेति गर्ने काम शुरु गरेको बाताउँदै बिभागले मोठ तीनसय ऐकर जमीनमा सुन्तलाको बृहत खेति गर्ने लक्ष्य राखेको तिनले थप बताए। यसै क्रममा आगमी दिनहरुमा बिभागले सुन्तलालाई बिश्वबजारमा जोडन अनेकौ योजनाहरु तयार पारीरहेको बताउँदै भबिष्यमा कोल्ड स्टोरेज समेत निर्माण गर्ने योजना रहेको डा जी सी सुब्बाले बताए।
Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.