तराई डुवर्सबारे अहिले रणनीति बनिने काम हुँदैछ – जोन बारला

डी के वाइबा: कालेबुङ 14 मई : जीटीएको सम्झौता हुँदा देखिनै अनिश्चित बनेको तराई डुवर्सको भविष्य निर्धारण गर्न गठित हाईपावर कमेटिले राज्य सरकारलाई रिपोर्ट सुम्पनु केवल तीन हप्ता बाँकी रहेको छ। तीन हप्ता पछि आउँने हाईपावर कमेटिको रिपोर्टमा तराई डुवर्सबारे रहेको सबै अडकलबाजि समाप्त हुनेछ भने उक्त अडकलबाजीको समापन संगै जीटीएको चुनाव समेत हुने अगावै निश्चित बनेको छ। तराई डुवर्सको भबिष्यबारे गठित हाईपावर कमेटिमा गोजमुमो पार्टीका स्टडी फोरमका बरिष्ठ सदस्य एल बी परियार लगायत अन्य भएता पनि उनीहरुले यस बिषयमा अझसम्म कसैलाई तराई डुवर्स जीटीएमा गाभिने हो होईन भनेर स्पष्ट भन्न सकेका छैनन। जसको कारण कमेटिको कार्यबारे उक्त सदस्यहरुलाई कुनै जानकारी छैन कि भन्ने प्रश्न खडा भएको छ भने केहिदिन अघि मात्र कालेबुङका बिधायक तथा मोर्चा प्रवक्ता डा हर्कबहादुर छेत्रीले होमोजेनियस, कन्ट्युगिटी तथा ग्राउण्ड रियलीटीको आधारमा मोर्चाले दाबी गरेको कतिपय मौजाहरु नगाभिएको खण्डमा उक्त ईलाकामा मानिसहरु आक्रोशित नहुनुपर्ने सुझाव दिदा मोर्चाले दाबी गरेको मौजाहरु साँच्चै गाभिएला ? भन्ने टट्कारो प्रश्न अल्झेको छ। तराई डुवर्सको अनिश्चितता तथा तराई डुवर्समा जनसभा गर्न नदिदा आक्रोशित बनेका आदिवासी बिकास परिषद बारला कम्पनीले जनसभा गर्न दिनुपर्छ साथै तराई डुवर्स जीटीएमा गाभिनुपर्छ भनेर शुरु गरेको सांकेतिक भोक हड्ताल बिनाकारण समापन गरिसकेपछि जोन बारलालाई भाविकार्यक्रम बारे प्रश्न गर्दा हाल व्यक्तिगत कार्यमा व्यस्त रहेको बताएका छन। कतिपय कारणहरुले बर्तमान समयमा आफु व्यस्त रहेको कारण बताउँदै तिनी धेर बोल्न चाहेनन। केहिदिन अघि तिनले सांकेतिक भोकहडताल फिर्ता लिनुको प्रमुख कारण नबताए पनि अहिले घरी रणनीतिहरु तयार पार्नेकाम चलिरहेको जानकारी दिएका छन। यद्यपी रणनीति कस्तो हुन्छ भन्ने कुरा भने स्पष्ट पारेनन। जीटीएमा तराई डुवर्स गाभिनुपर्ने मागमा आफुहरु अडिक रहेको बताउँदै जीटीएकै माध्यमले सबैको समान बिकास हुने कुरा पनि तिनले दाबी गरे। बिगत देखि बर्तमानसम्म आदिवासीहरु ठगिएको बताउँदै आफ्नो अधिकारको निम्ति गोर्खा आदिवासी मिलेर लडनुपर्ने तिनले आह्वान गर्दै कतिपय राजनैतिक स्वार्थप्रेरित मानिसहरुले गोर्खा आदिवासीहरुको एकातालाई बिगार्ने बाराम्बार प्रयास गरिरहेको तिनले थप दाबी गर्दै आगमी दिनमा तराई डुवर्स जीटीएमा गाभिनुपर्ने मागमा जोडदार आन्दोलन लिएर मैदानमा आफुहरु निस्कन तयार रहेको तिनले जानकारी दिएका छन।
Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.